Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुई पाइलट राख्नुपर्ने

विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुई पाइलट राख्नुपर्ने


काठमाडौं । नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकोप्टर पाइलट राख्नुपर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चालक समितिको बैठक सकिएलगत्तै प्राधिकरणले विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकोप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलट रहनुपर्ने निर्णय गरिएको जनाएको छ । त्यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ ।

हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकोप्टर कम्पनी छन् । प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौंबाहिर हेलिकोप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ ।

हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । त्यस्तै हेलिकोप्टरले पनि यही ७ गतेदेखि तोकिएका काठमाडौँबाहिरका विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया