Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेटिङमा सवारी लाइसेन्स जारी गर्ने कर्मचारी र बिचौलियाविरुद्ध मुद्दा

सेटिङमा सवारी लाइसेन्स जारी गर्ने कर्मचारी र बिचौलियाविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेटिङमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने यातायात विभागका १२ कर्मचारी र पाँच बिचौलियासहित १७ विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरका कर्मचारीहरूले सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मामार्फत सेटिङ मिलाएर बिचौलियाहरूको सवारीचालक अनुमतिपत्र जारी गर्नेगरेको भन्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङ्तान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, कम्प्युटर अपरेटर सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धव बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारीचालकको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र गैरकानुनीरूपमा कर्मचारी र बिचौलिया मिलेर नवीकरणको बाटोबाट पाँच सय ३३ जना नयाँ व्यक्तिको नाममा सरकारी कागजात सच्याई लाइसेन्स जारी गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया