Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमालयन रि इन्स्योरेन्सद्वारा प्रेसमाथि अवरोध

हिमालयन रि इन्स्योरेन्सद्वारा प्रेसमाथि अवरोध

अर्थमन्त्रीका छोरा प्रकाश शर्मा र ज्वाइँ राणाको दबाबमा प्रेसमाथि प्रतिबन्ध


काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रेसमाथि अवरोध पु-याएपछि नेपाल पत्रकार महासंघले वक्तव्य नै निकालेर भत्र्सना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा आफैँ आयोजक रहेको कार्यक्रममा पत्रकारहरुलाई अवरोध गरिएपछि महासंघले वक्तव्य निकालेर भत्र्सना गरेको हो ।

बुधबार साँझ ५ः३० बजे हिमालयन रि इन्स्योरेन्स कम्पनीले आयोजना गरेको विशेष समारोहमा पत्रकारहरुलाई रोकिएको थियो । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीलाई प्रमुख अतिथि र बीमा समितिका अध्यक्ष तथा नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई अतिथि बनाइएको कार्यक्रममा सचिव मरासिनी विदेश गएकोले बीमा समितिका अध्यक्षले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । बीमा समितिका अध्यक्ष र सेबोनकै अध्यक्षलाई अतिथि बनाइएको कार्यक्रममा सहभागी हुनबाट पत्रकारहरुलाई रोकिएको महासंघले जनाएको छ ।

कार्यक्रम स्थलमा प्रवेश नदिएपछि बुधबार राति नै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रहरीको सहयोगमा सार्वजनिक निकायले आयोजना गरेको र सार्वजनिक व्यक्तिले सम्बोधन गर्ने कार्यक्रमको रिपोर्टिङ गर्न पाउनुपर्ने माग गरेका थिए । लगत्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल समेतले गरेको प्रयासहरु असफल भएपछि महासंघले बिहीबार वक्तव्य नै निकालेर हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रेसविरोधी कार्यको विरोध जनाएको हो ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीले यही असार ८ गते साँझ ५ः३० बजेदेखि बौद्धस्थित होटल ह्यातमा आयोजना गरिएको ‘हिमालयन रि इन्स्योरेन्स रेन्डेभोस २०२२’ कार्यक्रम समाचार संकलनको लागि पुगेका ५० जनाभन्दा बढी पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको तथा भित्र प्रवेश गरेका १० जना भन्दा बढी पत्रकारहरुलाई समेत बाहिर निकालिएको थियो ।

हिमालयन रि इन्स्योरेन्सबाट भएको उक्त घटनाले सार्वजनिक निकायका कार्यक्रमहरुमा निर्बाध उपस्थित भई समाचार संकलन गर्न पाउने पत्रकारहरुको संवैधानिक हकका हनन भएको भन्दै महासंघले भत्र्सना गरेको छ ।

यसैबीच, पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले पनि सार्वजनिक व्यक्ति उपस्थित हुने र सार्वजनिक पदधारण गरेको व्यक्ति आफैँ आयोजक रहेको तथा सार्वजनिक निकाय भनेर प्रष्ट किटान गरिएको संस्थाले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेश रोक्ने कार्य गैरसंवैधानिक रहेको भन्दै उक्त कार्यमा संलग्न व्यक्तिहरुमाथि कारबाही गर्न माग गरेको छ ।

पत्रकारहरुलाई कार्यक्रम प्रवेशमा रोक लगाउनेहरुमा अध्यक्ष शेखर गोल्छा, कार्यकारी निर्देशक दिपक श्रेष्ठ तथा अर्का कार्यकारी निर्देशक भारतीय नागरिक मनिष मिश्र रहेका छन् ।

भारतीय कलाकार तथा सनम ब्याण्ड समेतको प्रस्तुति रहेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माका छोरा प्रकाश शर्मा, ज्वाइँ आलोक प्रताप राणा तथा सालो सन्तोष रिजाल लगायतका व्यक्तिहरु सहभागी थिए । साथै बीमा समितिका अध्यक्षसहितका केही पदाधिकारीहरुले श्रीमतीसहित कार्यक्रममा उपस्थित भएकोले पनि पत्रकारहरुलाई निषेध गर्नुपरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । कार्यक्रम स्थल पत्रकारहरुले घेरिएको थाहा पाएपछि भीआईपी पाहुनाहरुलाई छुट्टै कोठामा लुकाएर भोज दिइएको कार्यक्रममा सहभागी एक व्यक्तिले आर्थिक दैनिकलाई बताए ।

कार्यक्रममा अर्थमन्त्री शर्मा आफू भने उपस्थित थिएनन् । अर्थमन्त्री शर्माले साढे छ अर्बभन्दा बढी फाइदा हुने गरी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई व्यवसाय सुनिश्चित गरिदिएबापत राम्रो दाम हात पारेको चर्चा छ । त्यसो त मन्त्री शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ । साढे छ अर्ब घोटालामा ज्वाइँ आलोक प्रताप, सालो सन्तोष रिजालको संलग्नतामा अर्थमन्त्री शर्माकै निर्देशनमा हिमालयन रिलाई व्यापारिक लाभ प्रदान गरिएको दाबी उजुरीमा गरिएको छ । अर्थमन्त्री शर्माले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई फाइदा हुने काम गर्दा सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी डुब्दै गइरहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया