Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसंस्थागत सुशासन कार्यान्वयनमा समिति आक्रामक

संस्थागत सुशासन कार्यान्वयनमा समिति आक्रामक

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ कम्पनीलाई जरिवाना


काठमाडौं । बीमा कम्पनीहरुभित्र संस्थागत सुशासन कायम गराउन नियमनकारी निकाय बीमा समिति आक्रामकरुपमा अघि सरेको छ । सोहीअनुुरुप समितिले एकै पटक २२ वटा बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार समितिले निर्दिष्ट गरेको समयसीमाभित्र लेखापरीक्षण प्रतिवेदन नबुझाएका आधारमा ती कम्पनीहरुलाई कारबाही गरिएको हो ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोहीबमोजिम आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानुनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई पाँच सय रुपैयाँ थप गरी जम्मा १० हजार पाँच सय रुपैयाँ जरिवाना गर्ने निर्णय समितिले गरेको छ । जसअनुसार एकै पटक १० वटा बीमा कम्पनीहरुलाई १० हजार दरमा र १२ वटा बीमा कम्पनीहरुलाई १० हजार पाँच सय रुपैयाँको दरमा जरिवाना गर्ने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी जानी उल्लङ्घन गरेको देखिएकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गर्ने निर्णय गरिएको उनको भनाई छ ।

सो अनुसार आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू नेपाल पुनर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेकाले प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

No description available.

यसैगरी, आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण त्यतिबेला जरिवाना गरिएका राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पन, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई विद्यमान कानुनी व्यवस्थाको पुनः दोस्रो पटक उल्लङ्घन गरेका छन । सोही आधारमा ती १२ वटा कम्पनीहरुलाई भने पाँच सय रुपैयाँ थप गरी प्रत्येक कम्पनीलाई १० हजार पाँच सय रुपैयाँको दरमा जरिवाना गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया