Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखर्बपति चौधरीले गरेको कालोबजारीमा सरकारको समर्थन

खर्बपति चौधरीले गरेको कालोबजारीमा सरकारको समर्थन


काठमाडौं । कांग्रेसका सभासद समेत रहेका नेपालका एक मात्र खर्बपति व्यापारि विनोद चौधरीले चीनबाट ल्याएको विद्युतीय कारको कालोबजारी गरेको खबर प्रकाशित भएपनि सरकारले भने मौनता देखाएको छ ।

खर्बपति चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकार भएकै कारण उनले गरेको कालोबजारीमा अनुसन्धान गर्नुपर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको साथै आन्तरिक राजश्व विभाग थाहा नपाए जसरी बसेको छ ।

चौधरीले चिनिया कम्पनी होजोन अटोमोवाइल्सबाट नेपालमा बिक्रीको लागि ल्याएको नेटा भि ब्राण्डको विद्यूतीय कारको मुल्य चिनमा भन्दा नेपालमा दोब्बर भन्दा बढी भएपछि यसको व्यापक विरोध भएको हो ।

चौधरीको खुलेआम कालोबजारी विरुद्ध जनस्तरबाटै भएको विरोधमा अनुसन्धान गर्नुपर्ने सरकारी निकाय मौन रहनुले त्यसमा कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री देउवाको समर्थन रहेको आशंका गरिएको छ ।

नेपालको कानुनले तोकेको नाफा भन्दा झण्डै दोब्बर नाफा राखेर बिक्रीको लागि मुल्य तोकिएको सो नेटा भि ब्राण्डको कार चौधरी ग्रुप अन्र्तगतको सिजी मोटर्सले बिक्री गर्दै आएको छ ।

विद्युतिय गाडीको लागि प्रर्याप्त पूर्वाधार नभएर पनि नेपालीहरु विद्युतिय सवारीसाधनमानै झुम्मिरहेको अवसरलाई क्यासमा बदल्न चौधरीले एकै पटक १५०० कार नेपाल ल्याई बिक्री गर्न थालेका हुन् जसबाट १ अर्ब ३० करोड ५७ लाख ९ हजार नाफा कमाउने छन् ।

व्यवसाय नाफा गर्न र विस्तार गर्न कै लागि गर्ने हो तर कानुन बिपरित कार्य गरेर, आम उपभोक्तालाई ठगेर होइन एक गाडि बिक्रेताले भने अहिले चौधरीले तोकेको मुल्य र सार्वजनिक भएको मुल्य अनुसार यो स्वत ठगि नै हो यसमा सरकारले छानबिन गर्नु पर्छ ।

खर्बपति चौधरीका भान्जा हेमन्त अग्रवाल सिइओ तथा छोरा निर्वान चौधरी संचालक रहेको सिजी मोटर्सले ल्याई बिक्री गरिरहेको नेटा भि कारको विषयमा उठेको प्रश्नमा भने भन्सार विभागले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर रहेकोले सो विषयमा केहि गर्न नसकिने बतायो । भन्सार विभागका अनुसार कुनैपनि सामान आयात हुँदा विभागले तोकिएको मुल्य र त्यसमा लाग्ने भन्सार शुल्कको बारेमा मात्र जाँच गर्ने गर्दछ ।

सामान भन्सार कटेर नेपाल पास भैसकेपछि त्यसले के कसरी कारोवार गर्छ भन्ने कुरा वाणिज्य विभागले अनुगमन गर्छ भन्सारका एक कर्मचारीले भने वाणिज्य संगसंगै आयात गरेको मुल्य र बिक्री गरेको मुल्यको बारेमा आन्तरिक राजश्व विभागले हेर्ने गर्दछ ।

राजा हुँदा राजाकै नजिक भएर फाइदा लिने गरेको बताइने चौधरीले प्रधानमन्त्री देउवा भएको समयमा मधेशी कोटाबाट कांग्रेस केन्द्रिय सदस्य हुँदै प्रधानमन्त्रीकै आर्थिक सल्लाहकार हुन सफल भएर आफु अनुकुलको व्यवस्था गर्ने गरेको बताइन्छ भने चौधरीको यस्तो कार्यले कांग्रेसकै कतिपए नेताहरु रुष्ट भएका छन् ।

नेपालमा व्यवसाय गरेर नेपाली ठग्ने तर नेपाली कामदार नराख्ने गरेको गम्भिर आरोप चौधरीलाई लाग्दै आएको छ । कतिपए नेपालीहरुले चौधरीले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा समेत सो कुराको विरोध गर्ने गरेको पाइन्छ । नेपालीहरुलाई दुहुनो गाई जस्तो मात्र सम्झिने गरेका चौधरीले आफ्नो उद्योगहरुमा भने काम गर्न नेपाली सक्षम नभएकै कारण भारतीयहरुलाई राख्न परेको बताउँदै आएका छन् ।

यसैबिच चौधरीले राज्य व्यवस्थामा गरेको नाङगो हस्तक्षेपको विरोधमा संसदमा समेत कुरो उठेको छ । उनले ल्याएको कारको विषयमा चौतर्फि विरोध पछि सो लगाएतका कार्यहरुको विरोध गर्दै संसदमा कुरो उठेको हो ।

चौधरीले ल्याएको सो नेटा भि ब्राण्डको कारको खरिद बिल अनुसार २ थान लाई ३३ हजार डलर अर्थात ४० लाख ४२ हजार तिरेको र भन्सारमा तिनुपर्ने भन्सार शुल्क ४ लाख ४० हजार ५ सय ९१, भ्याट ६ लाख ६० हजार १ सय ९१, सडक मर्मत दस्तुर २ लाख ८६ हजार ९ सय २९ र टोटल फि विषयमा ५ सय ६५ गरि जम्मा १३ लाख ८८ हजार २ सय ७६ रुपैया राजश्व तिरेर भन्सार सम्मको मुल्य २७ लाख ४० हजार १ सय ३८ रुपैया रहेको छ ।

नाडाका अनुसार यो मुल्यमा व्यापारिको नदेखि हुने हिडन कष्ट भनेर शोरुम चार्ज, बैकको ब्याज, टाफ खर्च, लजिस्टिक, वार्षिक शुल्क भनेर ३ देखि ७ प्रतिशत खर्च एक लाख ९१ हजार आठ सय नौ रुपैया जोड्दा समेत यस नेटा भि गाडीको मुल्य २९ लाख ३१ हजार नौ सय ४७ हुन्छ । सबै खर्च जोड्दा समेत आठ लाख भन्दा बढी मुल्य राखेर चौधरीले बिक्रीको लागि भन्दै गाडिको मुल्य सार्वजनिक गरेपछि कालोबजारी गरेको भन्दै जनस्तरबाट व्यापक विरोध भइरहेकै समयमा संसदमा समेत सो कुरा उठेको हो ।

चौधरीको खुलेआम कालोबजारीमा प्रधानमन्त्री देउवादेखि अर्थमन्त्री जनार्दन शर्माको समते विशेष संरक्षण रहेको र यस किसिमको कालोबजारीको छानबिन नहुने एक गाडी बिक्रेताले बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया