Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी कोषमा नौ महिनाको वस्तु आयात गर्ने विदेशी पैसा जम्मा

सरकारी कोषमा नौ महिनाको वस्तु आयात गर्ने विदेशी पैसा जम्मा


सुरेश राउत
काठमाडौं, फागुन ९
विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच दशमलव पाँच बढेर २०७६ पुस मसान्तमा १० खर्ब ९५ अर्ब ९८ करोडबराबर पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ पुस मसान्तमा नौ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुई अर्ब ४४ करोड रहेकोमा २०७६ पुस मसान्तमा नौ खर्ब ४७ अर्ब ३८ करोड पुगेको छ । यस अवधिममा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको कुुल विदेशी मुद्रा सञ्चिति भने २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ पुस मसान्तमा एक खर्ब ४८ अर्ब ५९ करोड पुगेको छ । २०७६ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना छ दिनको वस्तु आयात र आठ महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१ दशमलव छ प्रतिशत, ७० दशमलव दुुई प्रतिशत र २९ दशमलव नौ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम मूल्य भने २०७५ पुसमसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ५८.८० रहेकोमा २०७६ पुस मसान्तमा नौ दशमलव छ प्रतिशतले वृद्धि भर्ई प्रतिब्यारेल अमेरिकी डलर ६४ दशमलव ४५ कायम भएको छ ।

त्यसैगरी, सुनको मूल्य २०७५ पुस मसान्तमा प्रतिऔँस अमेरिकी डलर १२९२.७५ रहेकोमा २०७६ पुसमसान्तमा १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई प्रतिऔँस अमेरिकी डलर १५४५.१० पुगेको छ । राष्ट्र बैंकका अनुुसार २०७६ असार मसान्तको तुलनामा २०७६ पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ तीन दशमलव तीन प्रतिशतले अवमूल्यन भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ दुुई दशमलव आठ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १३ रुपैयाँ ३० पैसा पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया