Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय पहुँच विस्तार समावेशी होस्

वित्तीय पहुँच विस्तार समावेशी होस्


नेपाल राष्ट्र बैंकले यसै साता देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी छ महिनाको प्रतिवेदन सार्वजनिक ग¥यो । उक्त प्रतिवेदनअनुसार नेपालमा अहिले सबै किसिमका गरी एक सय ६४ वटा बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । सोमध्ये २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ९० वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । राष्ट्र बैंकका अनुसार हालसम्म एक सय ८५ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ४० वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४५ संस्था मात्र कायम भएको देखिएको छ ।

राष्ट्र बैंकको उक्त तथ्यांकअनुसार अहिले नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या नौ हजार तीन सय ९४ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार ११ वटा, विकास बैंकहरुको एक हजार दुुई सय ९३, फाइनान्स कम्पनीहरुको दुुई सय २९ र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार आठ सय ६१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । अहिले सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये सात सय ४५ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सोही आधारमा अहिले वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या आठ मात्र रहेको छ । तर अहिले जसरी संख्यात्मकरुपमा वित्तीय पहुँच विस्तार भएको देखिएको छ, गुणात्मकरुपमा त्योअनुुसारको वित्तीय पहुँच विस्तार भएको मान्न सकिने ठोस आधार भने छैन । शाखा पुुग्न मात्र वित्तीय पहुँच विस्तार हुुनुु होेइन ।

बैंकको निक्षेप तथा कर्जा खातामा पनि सबैको पहुँच स्थापित हुुनुुपर्छ । कुुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जाले कर्जा लिने ग्राहकको आर्थिक अवस्थामा सुधार हुुनुपर्छ । त्यो सुधारको सकारात्मक असर सिंगो मुलुकको अर्थतन्त्रमा देखिनुुपर्छ । बैंक मोटाउने र ग्राहक दुुब्लाउले अहिले वित्तीय पहुँच विस्तार अहिलेसम्म समावेशी हुुनसकेको छैन । जबसम्म वित्तीय पहुँच विस्तार समावेशी हुुन सक्दैन । त्यसलाई गुणात्मकरुपमा वित्तीय पहुँच विस्तार भएको मान्न सकिँदैन । वित्तीय पहुँच विस्तार हुुनुको लागि आम ग्राहकको बचत गर्नसक्ने क्षमता समेत बढ्नुुपर्छ । यसको लागि ग्राहकको आम्दानी बढ्नुुपर्छ । मूल्यवृद्धि नियन्त्रण हुुनुुपर्छ । यी सबै भएको खण्डमा मात्र वित्तीय पहुँच विस्तार समामवेशी भएको मान्न सकिन्छ । होइन भन्ने संख्यात्मकरुपमा मात्र हुुने वित्तीय पहुँच विस्तारले समग्र मुुलुकको आर्थिक विकासको ठोस योगदान नदिन सक्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया