हिमालयन बैंक र बीओकेले एक अर्ब ५० करोड रुपैयाँ फिर्ता पाउने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित ठेक्का प्रकरणमा हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मुुद्दा जितेका छन् । झण्डै १० वर्षअघिको बैंक ग्यारेन्टीसम्बन्धी चिनियाँ कम्पनी चाइना रेल्वे ब्यूरो–१५ सँगको मुद्दाको अन्तिम सुनुवाइ हुँदा चीनको हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले हिमालयन र बीओकेको पक्षमा फैसला गरेपश्चात् नेपाली बैंकहरुले उक्त मुद्दा जितेका हुन् ।
पिपुल्स कोर्टको यो फैसलापछि हिमालयन बैंक र बीओकेले झण्डै एक अर्ब ५० करोड नेपाली रुपैयाँ फिर्ता पाउनेछन् । यसरी पाउने रकममध्येमा हिमालयन बैंकको भागमा ६६ करोड र बैंक अफ काठमाण्डूको भागमा झण्डै ९० करोड रुपैयाँ परेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेको तर्फबाट चाइना कन्स्ट्रक्सन बैंकको बैंक ग्यारेन्टीमा नेपालको तर्फबाट हिमालयन र बीओकेले काउन्टर ग्यारेन्टी दिएका थिए । तर पछि मेलम्ची आयोजनाको निर्माणका क्रममा विभिन्न किसिमका अवरोध र असहमति देखिएपश्चात् चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले बीचैमा ठेक्का सम्झौता तोडेको थियो । सोपश्चात् चाइना रेल्वेले बैंक ग्यारेन्टी रोक्का राख्न माग गर्दै चिनियाँ अदालतमा यी दुई नेपाली बैंकविरुद्ध मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा चिनियाँ बैंकले हिमालयन बैंक र बीओकेको विरुद्धमा फैसला गरेको थियो । उक्त फैसलापश्चात् चिनियाँ कानुनमा भएको व्यवस्थाअनुसार हिमालयन बैंक र बीओकेले फैसला चित्त नबुझेको भन्दै हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टमा पुनरावेदन गरेका थिए । सो अनुसार उक्त अदालतले हिमालयन र बीओकेको पक्षमा फैसला गरेपश्चात् चाइना कन्स्ट्रक्सन बैंकको जमानतमा हिमालयन बैंकको ६६ लाख ६५ हजार अमेरिकी डलर र बीओकेले ६२ लाख अमेरिकी डलर तथा १४ लाख युरो काउन्टर ग्यारेन्टी रकम फिर्ता आउने भएको हो ।
उक्त मुद्दा जितेको विषयमा बैंक अफ काठमाण्डूले भने मंगलबार विज्ञप्ति नै जारी गरेर काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दा जितेको आधिकारिक जानकारी दिएको छ । ‘मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सोबापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू लिमिटेडले उक्त जमानतसम्बन्धी परेको भुक्तानीसम्बन्धी मुद्दा जितेको हो’, बैंक अफ काठमाण्डूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।
यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टीबापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ बापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले विज्ञप्तिमार्फत जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया