प्रदेश प्रहरीका लागि मधेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने
जनकपुर । मधेश प्रदेश सरकारले संघीय सरकारको विरुद्ध आन्दोलन गर्ने भएको छ । लामो समयदेखि मधेश सरकारले आफ्नो मातहतमा प्रदेश प्रहरी भर्ना गर्न पाउनुपर्ने माग संघीय सरकारसँग गर्दै आएको छ । उक्त मागको सुनुवाइ नभएको भन्दै मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध आन्दोलनको तयारी थालेको छ ।
प्रदेश प्रहरी विधेयक प्रदेशसभाबाट पारित भइसके पनि संघीय सरकारको कानुनसँग बाझिने भएकाले मधेश सरकारले आगामी साउन २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने भएको छ । बुधबार मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी साउन २२ गते संघीय सरकारका प्रनितिधि प्रदेश प्रमुखमार्फत सातदिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने र माग सम्बोधन नभए आठौँ दिनदेखि सडकआन्दोलन थाल्ने बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘संघीय गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पूरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावअघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएका छन् ।’ २२ गते मधेश प्रदेश मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य, सम्पूर्ण सांसदसहित सामूहिकरूपमा प्रदेश प्रहरी समायोजनका लागि ज्ञापनपत्र दिएर नेपाल सरकारलाई सात दिनको समयसीमा दिने उनले बताए । मन्त्री साहले प्रदेश प्रहरी समायोजन र सीडीओ प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरूको आन्दोलन प्रदेश र संघीय क्षेत्रसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया