Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई जरिवाना

राष्ट्र बैंकद्वारा स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई जरिवाना

‘अनिवार्य नगद मौज्दात नै देखिएन’


काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा वाणिज्य बैंकहरुलाई कारबाहीको डण्डा चलाएको छ । राष्ट्र बैंकका अनुसार तोकिएको अनिवार्य नगद मौज्दातको सीमा कायम नगरेकाले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र बहुराष्ट्रिय समूहद्वारा प्रवद्र्धित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई कारबाही गरिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेकाले उक्त दुई बैंकमाथि कारबाही गरिएको राष्ट्र बैंकको भनाइ छ । कारबाहीस्वरुप स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पहिलो पटक ६३ हजार पाँच सय ९७ रुपैयाँ ८३ पैसा नगद जरिवाना तिराइएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी एनसीसी बैंकको हकमा पनि पहिलो पटक ४९ हजार आठ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैबीच राष्ट्र बैंकले २०७९ भदौ १२ देखि नै कार्यान्वयनमा आउने गरी कुल निक्षेपमा चार प्रतिशत अनिवार्य नगद मौज्दात कायम राख्न बैंक तथा फाइनान्स कम्पनहरुलाई निर्देशन दिएको छ ।

Open photo

चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले यही भदौ १२ गतेदेखि कुल निक्षेप दायित्वको चार प्रतिशत अनिवार्य नगद मौज्दातबापतको रकम राष्ट्र बैंकमा राख्नुपर्नेछ । यस व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिकरुपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ ।

वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था २०७९ पुस मसान्तदेखि इजाजतपत्रप्राप्त वाणिज्य बैंकले कुल स्वदेशी निक्षेपको १२ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुले भने १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया