Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच हजार नेपाली कामदार लिन जापान तयार

पाँच हजार नेपाली कामदार लिन जापान तयार


काठमाडौं । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको नेपाल–जापान संयुक्त कार्यसमितिको दोस्रो बैठक बिहीबार काठमाडौंमा बसेको छ । बैठकमा भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा बृहत् छलफल भएको थियो ।

बैठकमा विषेशगरी चारवटा विषयमा छलफल भएको बताइएको छ । नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापनका समसामयिक कानुनी व्यवस्थाहरू समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेपर्ने कार्यविधि बनाउने, नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरूलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने र जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट (एसएसडब्लू) प्रणालीअन्तर्गत नेपालबाट कामदारहरू उपलब्ध हुनसक्ने कुराको जानकारी रोजगारदाताहरूलाई गराउने विषयमा छलफल भएको थियो । त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटो छरितो बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ । नेपालमा कानुनीरूपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनुपर्नेछ ।

बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनीधिमण्डलको सहभातिा रहेको थियो । नेपाल जापान संयुक्त कार्य समितिको तेस्रो बैठक जापानमा आयोजना गर्ने बताइएको छ ।

५ हजार नेपाली कामदार लिन जापान तयार
नेपाल–जापान संयुक्त कार्यसमितिको बैठकपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र जापानका सहायक उपमन्त्री चोतुमो नाकागावाबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा नेपाली भाषापरीक्षा पास भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको थियो । मन्त्री कुँवरले पाँच हजार बढी नेपालीहरू जापान जानको लागि तयारी अवस्थामा रहेको बताए । यनले उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न आग्रह गरे । साथै उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत् सम्बन्ध स्थापित गर्नुपर्नेमा पनि जोड दिए ।

भेटमा उपमन्त्री चोतुमोले बिहीबार भएको संयुक्त बैठकले नेपाली कामदार जापान लैजानका लागि जापान सकारात्मक भएको बताए । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू ) मार्फत पाँच हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको बताए । त्यसका लागि श्रम सम्झौतामा ढिलाइ भएकाले यो सम्झौता चाँडो होस् भन्ने आफूले चाहेको उनको भनाई थियो । चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुला गर्न आफूले पहल गर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया