Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० सचिव, ४७ सहसचिवसहित २२ सय ९ कर्मचारीको अनिवार्य अवकाश

१० सचिव, ४७ सहसचिवसहित २२ सय ९ कर्मचारीको अनिवार्य अवकाश

४७ मध्ये १६ जना इन्जिनियरिङ समूहका सहसचिव अनिवार्य अवकाश हुँदै


काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा निजामती सेवाका सचिवदेखि कार्यालय सहयोगीसहित दुई हजार दुई सय नौ जना कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । नेपाल निजामती सेवाको राष्ट्रिय किताबखानाले यही साउन १९ गते बिहीबार चालू आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने कर्मचारीहरुको नाम सार्वजनिक गरेको हो । किताबखानाका अनुसार चालू आवमा १० जना सचिव, ४७ जना सहसचिव र एक सय ४६ जना उपसचिव अनिवार्य अवकाशमा जानेछन् ।

चालू आवमा अनिवार्य अवकाशमा विभिन्न मन्त्रालयका १० जना सचिवले अनिवार्य अवकाश पाउनेछन् । तीन जना सचिवले भने निजामती किताबखानाले सूचना निकाल्ने दिनसम्म अवकाश पाइसकेका छन् ।

नेपाल प्रशासन सेवाका महेश्वर न्यौपाने र लेखा परीक्षण सेवाका रामु प्रसाद डोटेलले साउन १२ गते अवकाश पाएका छन् भने लक्ष्मण अर्यालले साउन १९ गते बिहीबार अवकाश पाएका छन् ।

नेपाल इन्जिनियरिङ सेवाका सागर कुमार राईले कात्तिक ९ गते, डा. रमेश प्रसाद सिंहले मंसिर ६ गते, वन सेवाका पेम नारायण कँडेलले मंसिर १४ गते, न्याय सेवाका कृष्णजीवी घिमिरेले माघ २२ गते, नेपाल प्रशासन सेवाका वैकुण्ठ अर्यालले २०८० साल असार ३ गते अवकाश पाउनेछन् । प्रशासन सेवाकै यादव प्रसाद कोइरालाले असार ४ गते, प्रशासनकै राम प्रसाद थपलियाले असार २४ गते अनिवार्य अवकाशमा जानेछन् ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा अवकाश पाउने सहसचिवहरु ४७ जना छन् । त्यसमा पनि सबैभन्दा धेरै नेपाल इन्जिनियरिङ सेवाका १६ जना छन् । त्यसमध्ये तीन जना असार २० गतेसम्म अवकाशमा गइसकेका छन् ।

इन्जिनियरिङ सेवाका सूर्यराज कँडेल २०७९ साउन १० गते, राम किसुन गिरी साउन १६ गते, लेखा परीक्षक सेवाका नारायण मरासिनी साउन १७ गते, नेपाल इन्जिनियरिङ सेवाका दीपक कुमार भट्टराई साउन १८ गते र प्रशासन सेवाका हरिप्रसाद बास्तोलाले साउन २१ गते अवकाश पाएका छन् ।

यस्तै, इन्जिनियरिङ सेवाका सोमराज तिमिल्सिना साउन २४ गते, वन सेवाका दुर्गाबहादुर कार्की साउन २७ गते, प्रशासन सेवाका प्रेमलाल लामिछाने भदौ १ गते, कृषि सेवाका जीवलाल लम्साल भदौ २ गते, इन्जिनियरिङ सेवाका हरि नारायण यादव भदौ ४ गते, प्रशासन सेवाका युवराज सुवेदी भदौ १५ गते, इन्जिनियरिङ सेवाका दीपक श्रेष्ठ भदौ १९ गते, प्रशासन सेवाका देवेन्द्र लामिछाने असोज २ गते, इन्जिनियरिङ सेवाका कैलाश कुमार श्रेष्ठ असोज १० गते अनिवार्य अवकाशमा जानेछन् ।

यस्तै, नेपाल कृषि सेवाका हस्त बहादुर विष्ट कात्तिक २२ गते, लेखा परीक्षक सेवाका विवेकानन्द घिमिरे कात्तिक ३० गते, प्रशासन सेवाका बाबुराजा श्रेष्ठ मंसिर १५ गते, लेखा परीक्षण सेवाका शम्भु कुमार श्रेष्ठ मंसिर १५ गते, स्वास्थ सेवाका विष्णु बहादुर बस्नेत मंसिर १५ गते, नेपाल कृषि सेवाका महेन्द्र नाथ पौडेल मंसिर २७ गते, नेपाल इन्जिनियरिङ सेवाका दिलीप शेखर श्रेष्ठ पुस ३ गते अवकाश हुँदै छन् ।

यस्तै, नेपाल वन सेवाका बिन्दु कुमारी मिश्र पुस १६ गते, नेपाल इन्जिनियरिङ सेवाका शालिकराम पौडेल पुस २४ गते, प्रशासन सेवाका प्रेम कुमार श्रेष्ठ फागुन ३ गते, नेपाल न्याय सेवाका गोपी चन्द्र पौडेल फागुन ४ गते, नेपाल इन्जिनियरिङ सेवाका प्रदिप थापा फागुन ९ गते, नेपाल इन्जिनियरिङ सेवाका अशोक तिवारी फागुन २२ गते, नेपाल लेखा परीक्षण सेवाका त्रिलोचन आचार्य चैत १० गते, प्रशासन सेवाका विश्व प्रसाद अर्याल २०८० साल वैशाख १ गते, कृषि सेवाका बसन्त बहादुर सिंह ८० साल वैशाख १ गते, शिक्षा सेवाका राम शरण सापकोटा वैशाख ३ गते, प्रशासन सेवाका कृष्ण प्रसाद पराजुली वैशाख ३ गते, नेपाल इन्जिनियरिङ सेवाका माधव देव आचार्य वैशाख ३ गते, नेपाल प्रशासन सेवाका जगन्नाथ पन्त वैशाख ४ गते, प्रशासन सेवाकै लाल बहादुर कार्की वैशाख १० गते, प्रशासनकै इन्द्रमणि पोखरेल वैशाख १८ गते अनिवार्य अवकाश पाउँदै छन् ।

यसैगरी, नेपाल इन्जिनियरिङ सेवाका दिपक घिमिरे जेठ ३ गते, प्रशासनका सागर आचार्य जेठ ४ गते, नेपाल इन्जिनियरिङ सेवाका सुधिर रजौरे जेठ १० गते, प्रशासनका उमेश बस्नेत जेठ १५ गते, नेपाल इन्जिनियरिङ सेवाका रुपक राजभण्डारी जेठ १८ गते, प्रशासन सेवाका कृष्ण प्रसाद तिम्सिना जेठ २७ गते, न्याय सेवाका सुरेन्द्र बहादुर थापा असार ४ गते, वन सेवाका दिवेश मणि त्रिपाठी असार ११ गते, न्याय सेवाका भीम कुमार श्रेष्ठ असार १५ गते, वन सेवाका धनन्जय पौडेल असार २७ गते, नेपाल इन्जिनियरिङ सेवाका कविन्द्र विक्रम कार्की असार २९ गते अवकाश पाउनेछन् ।

उपसचिवहरुमा प्रशासन सेवाका बालकृष्ण सुवेदी २०७९ साल साउन २ गते, प्रशासनकै जगत बहादुर बस्नेत र प्रेम प्रसाद घिमिरे साउन ९ गते, वन सेवाका रामहरि पन्थ र विविध सेवाका विमल राम ढेवाजु साउन १५ गते, इन्जिनियरिङ सेवाका रामेश्वर लम्साल साउन २० गते शुक्रबार अवकाश भइसकेका छन् ।

इन्जिनियरिङ सेवाका प्रसुन मिश्र साउन २४ गते, प्रशासनका केदार प्रसाद अर्याल साउन २५ गते, अमिता बज्रचार्य भदौ २ गते, राजु अधिकारी भदौ ५ गते, इन्जिनियरिङ सेवाका प्रकाश बहादुर कार्की भदौ ७ गते र इन्जिनियरिङ सेवाकै जय लाल मरासिनी भदौ ८ गते अनिवार्य अवकाश पाउँदै छन् ।

प्रशासनका विष्णु प्रसाद ज्ञवाली भदौ ९ गते, कृषि सेवाका दिपक अधिकारी भदौ ११ गते, प्रशासनका शिवराम महत भदौ १२ गते, प्रशासनकै लवराज थापा र नारायण प्रसाद दहाल भदौ १५ गते, शिक्षा सेवाका मंगला प्रधान र प्रशासनका राम नारायण श्रेष्ठ भदौ १८ गते, प्रशासनका राजेन्द्र कार्की भदौ १९ गते अवकाश पाउँदै छन् ।

यस्तै, न्याय सेवाका माधव प्रसाद लोहनी भदौ २४ गते, इन्जिनियरिङ सेवाका रुप नारायण अधिकारी भदौ २६ गते, विविध सेवाका मीरा शेरचन भदौ २८ गते, लेखा परीक्षण सेवाका भवानी प्रसाद मरासिनी असोज ७ गते, न्याय सेवाका उदयराज काफ्ले असोज ८ गते, प्रशासनका खुमकान्त आचार्य र इन्जिनियरिङ सेवाका विनो शाक्य असोज १८ गते अवकाश पाउँदै छन् । शिक्षा सेवाका रमेश बहादुर दाहाल असोज २२ गते, प्रशासनका हेम बहादुर राना असोज २५ गते, प्रशासनकै खरुदेव चुडाल कात्तिक ३ गते, इन्जिनियरिङ सेवाका राजेन्द्र प्रसाद साह कात्तिक ४ गते, प्रशासनका किशोर कुमार बराल कात्तिक ५ गते अवकाश पाउँदै छन् ।

यस्तै, प्रशासन सेवाका भुवन बहादुर कार्की कात्तिक ६ गते, प्रशासनकै ओम कुमार बस्नेत कात्तिक ८ गते, कृषि सेवाका किशोर मान श्रेष्ठ कात्तिक १० गते, इन्जिनियरिङ सेवाका सुरेन्द्र मान शाक्य कात्तिक ११ गते, तथ्यांक सेवाका शिवनन्दन प्रसाद शाह कात्तिक १२ गते, शिक्षा सेवाका दामोदर आचार्य कात्तिक १३ गते, प्रशासन सेवाका मुरारी वस्ती कात्तिक १४ गते, शिक्षा सेवाका सरस्वती पोखरेल कात्तिक १५ गते, प्रशासन सेवाका शर्मिला कार्की कात्तिक १५ गते, प्रशासन सेवाकै बासु प्रसाद कोइराला कात्तिक २० गते, शिक्षा सेवाका भरत बहादुर श्रेष्ठ र प्रशासन सेवाका जगन्नाथ लामिछाने कात्तिक २५ गते एकै दिन अवकाश पाउँदै छन् ।

प्रशासन सेवाका सरद चन्द्र पौडेल र इन्जिनियरिङ सेवाका पृथ्वी लाल श्रेष्ठ कात्तिक २९ गते, प्रशासनका जीवनराज पुरी र दिनानाथ लम्साल मंसिर १ गते अवकाश पाउँदै छन् । तथ्यांक सेवाका लीला प्रसाद मिश्र र शिक्षा सेवाका केदार तिवारी मंसिर ३ गते, लेखा परीक्षण सेवाका रमेश बाबु केसी मंसिर ९ गते, नेपाल प्रशासन सेवाका मुकुन्द केशरी पोखरेल मंसिर १० गते, प्रशासनका शिव प्रसाद त्रिपाठी मंसिर १२ गते, इन्जिनियरिङ सेवाका विपिन कुमार ठाकुर मंसिर १५ गते, प्रशासन सेवाका केशव प्रसाद घिमिरे मंसिर १७ गते, शिक्षा सेवाका यम बहादुर खड्का मंसिर २० गते अवकाश पाउँदै छन् ।

प्रशासन सेवाका उमेश पाण्डे मंसिर २१ गते, इन्जिनियरिङ सेवाका नारायण काफ्ले मंसिर २२ गते, प्रशासन सेवाका विष्णुदत्त जोशी मंसिर २३ गते, शिक्षा सेवाका अर्जुन बहादुर रायमाझी मंसिर २८ गते, शिक्षाकै गणेश प्रसाद ढकाल मंसिर २९ गते अनिवार्य अवकाशमा जानेछन् । प्रशासनका बाबुराम नेपाली पुस ४ गते, शिक्षाका सुरेन्द्र आचार्य पुस ७ गते, शिक्षाकै मोहन सिंह लामा पुस ९ गते, प्रशासन सेवाका कृष्ण लम्साल पुस १३ गते, प्रशासन सेवाका महाराज कोइराला पुस १७ गते, इन्जिनियरिङ सेवाका निरज शर्मा पुस २६ गते, परराष्ट्र सेवाका आनन्द प्रसाद शर्मा र कृषि सेवाका नारायण प्रसाद घिमिरे पुस १ गते, शिक्षा सेवाका गुरु प्रसाद पौडेल माघ ४ गते, प्रशासनका हरिहर आचार्य माघ ५ गते, प्रशासनका कुमार पौड्याल माघ ६ गते, इन्जिनियरिङ सेवाका सुकेदव चौधरी र न्याय सेवाका गोविन्द गिरी माघ १० गते, न्याय सेवाकै दया शंकर अधिकारी माघ १२ गते, प्रशासन सेवाका हरि बहादुर प्याकुरेल माघ २१ गते, न्याय सेवाका श्याम सुन्दर चौधरी माघ २३ गते, परराष्ट्र सेवाका रामसिंह थापा फागुन १ गते अनिवार्य अवकाश पाउनेछन् ।

अनिवार्य अवकाश पाउने इन्जिनियरिङ सेवाका उपसचिवमा रमेश कुमार दिष्टी फागुन ४ गते, प्रशासन सेवाका दुर्गादत्त पौडेल फागुन ११ गते, शिक्षा सेवाका गोविन्दराज सेढाईँ फागुन २१ गते, प्रशासन सेवाका महेन्द्र सिंह खड्का फागुन २२ गते, शिक्षा सेवाका अमर प्रसाद भट्ट फागुन २३ गते, न्याय सेवाका सौरभ कोइराला फागुन २७ गते, लेखा परीक्षण सेवाका छत्रपति निरौला फागुन २८ गते अवकाश पाउनेछन् ।

यस्तै, कृषि सेवाका माधव दाहाल चैत १ गते, शिक्षा सेवाका विदुरराज गिरी चैत ५ गते, प्रशासन सेवाका खीमप्रसाद अर्याल चैत ८ गते, लेखा परीक्षण सेवाका शिवराम गुरौ चैत १० गते, प्रशासन सेवाका विमलराज आचार्य चैत १५ गते, इन्जिनियरिङ सेवाका अंगलाल रोकाया चैत १६ गते, शिक्षा सेवाका तुलाराम भण्डारी चैत १८ गते, शिक्षाकै अनिल शर्मा चैत २० गते, प्रशासन सेवाका खगेन्द्र बहादुर मल्ल चैत २५ गते, कृषि सेवाका हेमन्त गौतम चैत २९ गते प्रशासन सेवाका मोहलाल जिसी चैत ३० गते अवकाश पाउँदै छन् ।

त्यस्तै, २०८० साल लागेपछि अवकाश पाउने पहिलो उपसचिवमा प्रशासन सेवाका प्रकाश भट्टराई छन् । उनले वैशाख १ गते नै अवकाश पाउनेछन् । त्यस्तै, प्रशासन सेवाकै नारायण प्रसाद ज्ञवाली वैशाख २ गते, प्रशासनकै खडानन्द गौतम र छत्र बहादुर शाह तथा शिक्षाका रेशम लाल न्यौपाने वैशाख ४ गते अवकाश पाउँदै छन् । प्रशासनका कमलसिंह महरा वैशाख ५ गते, न्याय सेवाका केशव प्रसाद पन्त वैशाख ६ गते, कृषि सेवाका बसन्त कुमार श्रेष्ठ वैशाख ८ गते, इन्जिनियरिङ सेवाका लेखनाथ बगाले वैशाख ९ गते, न्याय सेवाका जिवनिधी पौडेल वैशाख ११ गते, प्रशासन सेवाका गणेश प्रसाद दाहाल वैशाख १४ गते, प्रशासनका चन्द्रमणि पोखरेल र देवहरी गौतम वैशाख १६ गते, प्रशासनकै विष्णु लामिछाने वैशाख १८ गते, कृषि सेवाका लक्ष्मी प्रसाद खरेल वैशाख १९ गते, प्रशासनका महेश खरेल वैशाख २० गते अवकाश पाउनेछन् ।

यस्तै, शिक्षा सेवाका रमाकान्त शर्मा वैशाख २२ गते, प्रशासनका रोमकान्त पाण्डेय वैशाख २५ गते, इन्जिनियरिङ सेवाका नारायणराज आचार्य र तथ्यांक सेवाका डिल्लीराज अर्याल वैशाख २६ गते, प्रशासन सेवाका प्रदिप सुवेदी वैशाख २७ गते, प्रशासनका प्रल्हाद प्रसाद पुडासैनी वैशाख २९ गते, शिक्षा सेवाका देवकुमार बराल जेठ ३ गते, प्रशासनका झलकराम सुवेदी जेठ ४ गते, शिक्षा सेवाका प्रतिभा मानन्धर जेठ ५ गते अनिवार्य अवकाश पाउने छन् ।

प्रशासन सेवाका जयराज भण्डारीले जेठ ७ गते, शिक्षा सेवाका नारायण प्रसाद सुवेदीले जेठ ११ गते, प्रशासन सेवाका चुडाराज भट्टराईले जेठ १४ गते, प्रशासनकै बालकृष्ण कोइरालाले जेठ १६ गते, प्रशासन सेवाका राजेश उप्रेतीले जेठ २४ गते, प्रशासनकै बलबहादुर अधिकारीले जेठ २५ गते, प्रशासनका प्रल्हाद पोखरेलले असार १ गते, प्रशासन सेवाका ध्रुबराज गौतमले असार १ गते, प्रशासनका प्रभुनाथ राईले असार २ गते, परराष्ट्र सेवाका जंग बहादुर गुरुङ्गले असार ३ गते, शिक्षा सेवाका संगीता रेग्मीले असार ५ गते, शिक्षा सेवाका बाबुराम पोखरेलले असार ६ गते, परराष्ट्र सेवाका खङ्गप्रसाद दाहालले असार ९ गते, इन्जिनियरिङ सेवाका चतुर बहादुर श्रेष्ठ र प्रशासन सेवाका अनिल कुमार शाहीले असार १० गते, प्रशासनका गोपाल खत्रीले असार ११ गते, कृषि सेवाका शम्भु प्रसाद देव र इन्जिनियरिङ सेवाका पुष्पाञ्जली कोइरालाले असार १३ गते, प्रशासन सेवाका नोख बहादुर बस्यालले असार १४ गते, प्रशासनकै टिकाराज पोखरेलले असार १७ गते, प्रशासन सेवाका उपसचिवद्वय ध्यान कुमार थापा र ध्रुवराज ज्ञवालीले असार २२ गते तथा कृषि सेवाका उसचिव केदारराज पाण्डेले असार ३० गते अनिवार्य अवकाश पाउनेछन् । 

अवकाश पाउने सचिवहरु
१ महेश्वर न्यौपाने (२०७९ साउन १२ गते)
२. रामु प्रसाद डोटेल (२०७९ साउन १२ गते)
३. लक्ष्मण अर्याल (२०७९ साउन १९ गते)
४. सागर कुमार राई (२०७९ कात्तिक ९ गते)
५. डा. रमेश प्रसाद सिंह (२०७९ मंसिर ६ गते)
६. पेम नारायण कँडेल (२०७९ मंसिर १४ गते)
७. कृष्ण जिवि घिमिरे (२०७९ माघ २२ गते)
८. बैकुण्ठ अर्याल (२०८० असार ३ गते)
९. यादव प्रसाद कोइराला (२०८० असार ४ गते)
१० राम प्रसाद थपलिया (२०८० असार २४ गते)

अवकाश पाउने सहसचिवहरु
१. सूर्यराज कँडेल २०७९ साउन १० गते (इन्जिनियर)
२. राम किसुन गिरी साउन १६ गते, (इन्जिनियर)
३. नारायण मरासिनी साउन १७ गते,
४. दीपक कुमार भट्टराई साउन १८ गते (इन्जिनियर)
५ हरिप्रसाद बास्तोला साउन २१ गते
६. सोमराज तिमिल्सिना साउन २४ गते, (इन्जिनियर)
७ दुर्गाबहादुर कार्की साउन २७ गते
८. प्रेमलाल लामिछाने भदौ १ गते
९. जीवलाल लम्साल भदौ २ गते
१०. हरि नारायण यादव भदौ ४ गते, (इन्जिनियर)
११. युवराज सुवेदी भदौ १५ गते
१२. दीपक श्रेष्ठ भदौ १९ गते, (इन्जिनियर)  ।
१३. देवेन्द्र लामिछाने असोज २ गते ।
१४. कैलाश कुमार श्रेष्ठ असोज १० गते (इन्जिनियर) ।
१५. हस्त बहादुर विष्ट कात्तिक २२ गते ।
१६. विवेकानन्द घिमिरे कात्तिक ३० गते ।
१७. बाबुराजा श्रेष्ठ मंसिर १५ गते ।
१८. शम्भु कुमार श्रेष्ठ मंसिर १५ गते ।
१९. विष्णु बहादुर बस्नेत मंसिर १५ गते ।
२०. महेन्द्र नाथ पौडेल मंसिर २७ गते ।
२१. दिलीप शेखर श्रेष्ठ पुस ३ गते (इन्जिनियर) ।
२२. बिन्दु कुमारी मिश्र पुस १६ गते ।
२३. शालिकराम पौडेल पुस २४ गते, (इन्जिनियर) ।
२४. प्रेम कुमार श्रेष्ठ फागुन ३ गते ।
२५. गोपीचन्द्र पौडेल फागुन ४ गते ।
२६. प्रदिप थापा फागुन ९ गते, (इन्जिनियर) ।
२७. अशोक तिवारी फागुन २२ गते, (इन्जिनियर) ।
२८. त्रिलोचन आचार्य चैत १० गते ।
२९. विश्व प्रसाद अर्याल २०८० साल वैशाख १ गते ।
३०. बसन्त बहादुर सिंह ८० साल वैशाख १ गते ।
३१. राम शरण सापकोटा वैशाख ३ गते ।
३२. कृष्ण प्रसाद पराजुली वैशाख ३ गते ।
३३. माधव देव आचार्य वैशाख ३ गते, (इन्जिनियर)  ।
३४. जगन्नाथ पन्त वैशाख ४ गते ।
३५. लाल बहादुर कार्की वैशाख १० गते ।
३६. इन्द्रमणि पोखरेल वैशाख १८ गते ।
३७. दिपक घिमिरे जेठ ३ गते, (इन्जिनियर) ।
३८. सागर आचार्य जेठ ४ गते ।
३९. सुधिर रजौरे जेठ १० गते, (इन्जिनियर) ।
४०. उमेश बस्नेत जेठ १५ गते ।
४१. रुपक राजभण्डारी जेठ १८ गते, (इन्जिनियर) ।
४२. कृष्ण प्रसाद तिम्सिना जेठ २७ गते ।
४३. सुरेन्द्र बहादुर थापा असार ४ गते ।
४४. दिवेश मणि त्रिपाठी असार ११ गते ।
४५. भीम कुमार श्रेष्ठ असार १५ गते ।
४६. धनन्जय पौडेल असार २७ गते ।
४७. कविन्द्र विक्रम कार्की असार २९ गते (इन्जिनियर) ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया