Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दामा भागेका व्यक्ति कपनबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा भागेका व्यक्ति कपनबाट पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाका अनुसार सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौको बूढानीलकण्ठ ज्योतिनगर बस्दै आएका ३४ वर्षीय रौशन कुमार गुप्तालाई सोमबार काठमाडौंको कपनस्थित एकताबस्तीबाट पक्राउ गरिएको हो ।

प्रतिवादी गुप्ताले वि.सं. २०७६ वैशाख ४ गते सानिमा बैंकको काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंकको खातामा पर्याप्त रकम मौज्दात नभएको जानी जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।

प्रहरी उपरीक्षक थापाका अनुसार बैंकिङ कसुर मुद्दामा प्रतिवादी गुप्तालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । अदालतको उक्त फैसलालगत्तै फरार रहेका गुप्तालाई सीआईबीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार कपनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्तालाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया