Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनौ सय ३४ संक्रमित थपिए, चार सय ७० घर फर्किए

नौ सय ३४ संक्रमित थपिए, चार सय ७० घर फर्किए


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण सोमबार नौ सय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार तीन सय ५१ परीक्षणमध्ये नौ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ८६ पुगेको छ ।

यस्तै सोमबार कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७० जना घर फर्किएका छन् । अहिलेसम्म नौ लाख ७२ हजार नौ सय ६७ जनामा मानिस स्वास्थ्य लाभ लिई घर फर्किसकेका छन् ।

यस्तै सोमबार कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७२ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार पाँच सय नौ जना, संस्थागत आइसोलेसनमा एक सय ७७ जना, सघन उपचार कक्ष (आईसीयू)मा ४७ जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ३२ हजार पाँच सय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।(रासस)

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया