Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरमा युवक पक्राउ

बैंकिङ कसुरमा युवक पक्राउ


सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैंकिङ कसुरमा एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका २७ वर्षीय दिपक किराँती रहेका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जंग शाहका अनुसार उनलाई १६ लाख रूपैयाँभन्दा बढी रकमको चेक बाउन्स कसुरमा आइतबार साँझ सल्लेरीबाट पक्राउ गरिएको हो । गंगी माया राईले दिएको जहोरीमा उच्च अदालत पाटनले जारी गरेको पक्राउ पुर्जीको आधारमा किराँतीलाई पक्राउ गरेको डीएसपी शाहले बताए ।

किराँतीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले सोलुखुम्बु प्रहरीलाई पत्र लेखेको थियो । उनलाई सोमबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । उक्त कसुरमा लामो समयदेखि फरार किराँती जिल्ला भलिबल संघ सोलुखुम्बुका अध्यक्ष र वाईसीएल थुलुङ दुधकोशीको इन्चार्ज हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया