Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन

अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन


काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्दको प्रयोग गरी नागरिकतामा व्यक्तिका नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक शब्द राखी जारी भएको देखिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन व्यवस्था मिलाउन निर्देशन समेत गृहले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया