Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररिचार्ज पोखरी फुट्दा ८ घरपरिवार विस्थापित

रिचार्ज पोखरी फुट्दा ८ घरपरिवार विस्थापित


दोलखा । दोलखामा बाढी–पहिरोका घटना दैनिक रुपमा हुनथालेका छन् । आइतबार रातिको अविरल वर्षाले सदरमुकाम चरिकोट नजिकै रहेको रिचार्ज पोखरी फुटेर बस्ती पस्दा आठ घर पूर्ण रुपले क्षति भएको छ भने दुई दर्जन घर परिवारलाई जोखिममा परेका छन् ।

चरिकोट नजिकै रहेको म-याङ खोलामा भीमेश्वर नगरपालिकाले केही वर्षअघि रिर्चाज पोखरी निर्माण गरेको थियो । बस्तीमाथि रहेकोे पोखरी फुटेर बाढी आउँदा म¥याङ खोला छेउछाउ रहेको दुईवटा बस्तीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पोखरीको पानीसँगै बगेको पहिरोले चरिकोट–सिंगटी सडक खण्ड करिब सात घण्टा अवरुद्ध बनेको थियो । सडक थुप्रेको पहिरोलाई चरिकोटमा रहेको सशस्त्र प्रहरी बलले पन्छाएर सोमबार बिहान ८ बजेपछि अवरुद्ध सडक सञ्चालन ल्याएको सशस्त्र प्रहरी बल १८ नम्बर गुल्माका प्रहरी निरीक्षक जयन्त केसीले जानकारी दिए ।

यस्तै आइतबार राति नै सिंगटी बजारमा माथिबाट पहिरो जाँदा बजारस्थित खोलिखिमका दुईवटा घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । दुवै घरका सदस्य पहिरो जानुअघि नै अन्यत्र बसेको हुँदा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ । आइतबार राति नै दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको थियो ।

खिम्ती खोला, जिरी खोलालगायत तामाकोशीका साना सहायक नदीमा आकस्मिक वहाव बढ्ने सूचना दिएकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मानवीय क्षति नभए पनि आइतबार रातीको बाढी पहिरोले करोडौंको खेतीयोग्य जमिन र घरमा क्षति भएको छ । बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका क्षेत्रमा अझै केही दिन बाढीको खतरा रहेको र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया