Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास बैंकहरूमा पैसाको अभाव देखिएन खुद मुनाफा बढ्यो, आठवटाले कमाए छ अर्ब ६२ करोड रुपैयाँ खुद मुनाफा

विकास बैंकहरूमा पैसाको अभाव देखिएन खुद मुनाफा बढ्यो, आठवटाले कमाए छ अर्ब ६२ करोड रुपैयाँ खुद मुनाफा


काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई निक्षेप तथा कर्जा प्रवाह दुवैमा संकुचन आएको प्रतिकूल अवस्थामा पनि विकास बैंकहरुले खुद मुनाफा बढाउन सफल भएका छन् । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमध्ये राष्ट्रियस्तरमा कारोबार सञ्चालन गर्दै आएका आठवटै विकास बैंकहरुले अघिल्लो आवको तुलनामा खुद मुनाफा बढाउन सफल हुनुले पनि विकास बैंकहरुको खुद मुनाफामा लगानीयोग्य रकम अभावको प्रभाव न्यून देखिएको हो ।

विकास बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका आठवटा विकास बैंकहरुले उक्त आवमा छ अर्ब ६२ करोड ७८ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । विकास बैंकहरुले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा झण्डै ३१ प्रतिशतले बढी हो । अघिल्लो आवमा राष्ट्रियस्तरका विकास बैंकहरुको यस्तो नाफा पाँच अर्ब २६ करोड २६ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७८/०७९ राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मुक्तिनाथले एक अर्ब ३७ करोड २५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा गरिमाले एक अर्ब पाँच करोड ६६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा भने मुक्तिनाथले एक अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा गरिमाले ८३ करोड ६३ लाख ६७ हजार रुपैैयाँ खुद मुनाफा कमाएको थियो । खुद मुनाफा आर्जनमा गरिमा, महालक्ष्मी, ज्योति, लुम्बिनी, शाइन रेसुंगा, कामना र साँग्रिला भने क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैठौँ र सातौँ स्थान ओगट्न सफल भएका छन् ।

महालक्ष्मी विकास बैंकले पनि आव २०७८/०७९ मा ९५ करोड १९ लाख आठ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा महालक्ष्मीको यस्तो नाफा ६६ करोड ९९ हजार रुपैयाँ रहेको थियो । ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुंगा डेभलमेन्ट बैंकले भने आव २०७८/०७९ क्रमशः ७० करोड १५ लाख तीन हजार, ६७ करोड ५६ लाख ३२ हजार र ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरुले क्रमशः ६६ करोड ३८ लाख ६९ हजार, ४३ करोड ३९ लाख ६७ हजार र ५० करोड ३७ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

Open photo

आव २०७८/०७९ मा कामना सेवा विकास बैंक र साँग्रिला डेभलपमेन्ट बैंकले भने क्रमशः ६३ करोड नौं लाख ७५ हजार र ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवको सोही अवधिमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमशः ५९ करोड ८१ लाख ७५ हजार र ४१ करोड ८० हजार रुपैयाँ रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया