Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुण्डीको कारोबार गर्ने तीन जना पक्राउ

हुण्डीको कारोबार गर्ने तीन जना पक्राउ


काठमाडौं । प्रहरीले हुण्डीको कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको छ । प्रहरीले स्रोत नखुलेको ७४ लाख रूपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार आठ सय ५० रूपैयाँबराबरको विभिन्न वित्तीय संस्थाका नौ थान चेकसहित उनीहरूलाई सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन् । उक्त क्षेत्रमा गैरकानुनीरूपमा हुण्डीको कारोबार हुनेगरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नेपाली रूपैयाँ र चेकसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया