Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमालय एअरलाइन्सद्वारा चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

हिमालय एअरलाइन्सद्वारा चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान


काठमाडौं । हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि मंगलबार चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान सञ्चालन गरेको छ । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा कम्पनीले कूटनीतिक चार्टर्ड उडान गर्ने विशेषाधिकार प्राप्त गरेको थियो ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एन एजेकेको उडान नं. एच९ ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११ः०७ बजे (स्थानीय समय)मा प्रस्थान गरेको थियोे । उक्त विमान छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान ७ः५५ बजे (स्थानीय समय)मा अवतरण गरेको कम्पनीले जनाएको छ । छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि बिहीबार अपराह्न ३ः०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच९ ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किने र सोही दिन अपराह्न ४.५० मा (स्थानीय समय) काठमाडौं आइपुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात् ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो । काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया