Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजन्मसिद्ध नागरिकतामा ‘कीर्तेहरूको जालो’

जन्मसिद्ध नागरिकतामा ‘कीर्तेहरूको जालो’


काठमाडौं । वि.सं. २०६२/२०६३ को राजनीतिक परिवर्तनपछि २०६३ मा नागरिकता ऐन जारी भयो । तर यही ऐनको आधारमा कीर्ते विवरण बनाएर गलत ढंगले नेपाली नागरिकता लिने अनि अवैध धन्दा नेपालमा चलाउनेहरूको संख्या बिगबिगी छ ।जसमध्ये एक हुन् शंखमूलमा मिठाइ पसल सञ्चालन गर्ने भरतप्रसाद गुप्ता उर्फ ‘बब्लु’ ।

बब्लु नामले मधेशी समुदायमा चिनिने भरतप्रसादले आफ्नो मात्रै कीर्ते गरेर नागरिकता बनाएनन्, भारतबाट आएका मधेशी समुदायका गुप्ता परिवारलाइ नै नागरिकता बनाउन भूमिका खेलेको रहस्य आर्थिक दैनिकले फेला पारेको छ । भारत, बलिया, इब्राहिमपट्टीका स्थायी बासिन्दाहरू गुप्ता समुदायका करिब ५० जनाभन्दा बढीको यसैगरी झूठो विवरण पेश गरेर जन्मसिद्ध नागरिकता लिएको तथ्य फेला परेको छ । उनीहरू काठमाडौं, बनेपा, ललितपुरमामै मिठाइ पसल सञ्चालन गरिरहेका छन् ।

गुप्ताको २ सरकारी अड्डामा २ फरक–फरक विवरण
भरत प्रसाद गुप्ताले सिरहा जिल्ला प्रशासनबाट लिएको नागरिकतामा जारी मिति २०६९/१२/२३ छ । बुबाको नाम शिव शंकर गुप्ता छ । तर उनले कारोबार गर्ने जग्गाको विवरण राखिएको कंलकी मालपोत कार्यालयमा उनको विवरण फरक छ । जसमा भरतको बुबाको नाम शिव प्रसाद गुप्ता राखिएको छ ।

बुबाको नाम नै फरक रहेको छ । त्यस्तै हजुरबुबाको नाम नेउर प्रसाद गुप्ता उल्लेख छ । नागरिकता जारी मिति २०६३/१२/२३ छ अर्थात नागरिकता जारी हुनु भन्दा ५ बर्ष अगाडि छ ।

अब प्रश्न उठ्छ– २ सरकारी कार्यालयमा किन फरक फरक विवरण ? एउटै विवरण हुनुपर्नेमा विवरण हरेक निकायमा कीर्ते गर्ने र अवैध रूपले आर्थिक गतिविधि गर्ने कारणले यस्तो नियतवश नै गरेको पाइएको छ । भारत, बलियाका शिवशंकर गुप्ताको ३ छोरा, ४ छोरी रहेका छन् । जसमध्ये २ छोराहरू महेश प्रसाद गुप्ता र हरिनारायण गुप्ताको भारतीय नागरिकता नै छ ।

त्यस्तै ४ जना छोरीहरू सबैको नागरिकता भारतीय नै छ । तर भरतले कसरी जन्मसिद्वको आधारमा नेपाली नागरिकता प्राप्त गरे ? प्रश्न गम्भीर छ । उनलाइ सहयोग गर्ने जीवछ साहले यसअघि समाचार प्रकाशित भएपछि पनि भेटेर सबै मिलाउने आश्वासन दिदै नडराउन, आफूले सबै मिलाउने, आफू राष्ट्रपति भण्डारीको मान्छे भएको र मधेश आयोगमा रहेकोले जसरी पनि जोगाइदिने भन्दै आश्वासन छर्दै हिडेको तथ्य समेत आर्थिक दैनिकलाई प्राप्त भएको छ ।

तर उनले आर्थिक दैनिकका सम्पादकलाई मंगलवार अपरान्नको समयमा फोन गरेर भरतप्रसाद गुप्ताले लिएको नागरिकता सक्कली हो की नक्कली हो की नेपाली हो की इन्ण्डियन हो त्यो संग मेरो कुनै सरोकार छैन, मेरो कुनै संलग्नता पनि छैन मलाई कुनै मतलब पनि छैन त्यसकारण उनीहरुको धन्दामा मलाई नमुछिदिन होला भन्ने आग्रह गरेको थिए ।

भरतको स्थायी ठेगाना बलिया, इब्राहिमपट्टी हो । उनी २०५२ सालतिर नेपाल आएर अरूको काम गर्ने, पैसा उठाउने, चिया बेच्ने काम गरे । उनको श्रीमती ज्ञानमति गुप्ताको माइती गोरखपुर उत्तरप्रदेश हो । उनीबाट जेठो छोरा राहुल गुप्ता २०४९ सालमा जन्मिए । तर आज भरतले आफू सहित श्रीमती ज्ञानमतीको नागरिकता पनि बनाए भने २ छोरा र १ छोरीको नागरिकता वंशज बनाएका छन् ।

आफैं गलत विवरण भरेर नागरिकता बनाउनेले परिवारको कसरी सक्कली विवरण भरेर नागरिकता बनाए होलान् ? कीर्ते र झुठ्ठा विवरण बनाएर सिरहाका जीवछ साहको सहयोगमा उनको अवैध धन्दा चलेको हो । यति मात्रै होइन, भरत गुप्ता संघको अध्यक्ष समेत छन् । उनले ठमेल, कंलकीमा हुने अवैध गतिविधिदेखि न्युरोड, दरबारमार्ग, बानेश्वर मा हुने अवैध सुन कारोवार र हुन्डीमा कारोवारीसँग मिली त्यसको सबै जिम्मा आफूले लिने गरेको खुलेको छ ।

यसमा मधेश आयोगका सदस्य जीवछ साहको समेत प्रत्यक्ष संलग्नता र भरथेगमा भरत साहको हुकुम नै चल्ने गरेको कलंकीका एक गुप्ता थरका सुन पसलेले जानकारी दिए । मधेश आयोगका सदस्य जीवछ साह राष्ट्रपति विद्यादेवी भण्डारीको स्वकिय सचिवको रूपमा ४ बर्ष भन्दा बढी काम गरे ।

सो समयमा राष्ट्रपति भण्डारीको नाम विकाएर अवैध गतिविधिमा संलग्न केही व्यापारी र उनका मतियारलाइ संरक्षण गर्ने, नियक्ति दिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेका उनकै साथीहरू बताउँछन् । केपी ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा तथा प्रहरीका केही उच्च पदस्थ अधिकारीसँग बसेको फोटो खिचेर आफ्नो पहुँच सबैसँग भएको भन्दै रवाफ दिने गरेको समेत पाइएको छ ।

नागरिकता ऐन २०६३ मा के छ ? ऐनको दफा २१ मा कुनै विदेशी नेपाली नागरिक भएको दावी गरि झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक बर्षदेखि ५ बर्षसम्म कैद वा पचास हजारदेखि १ लाख सम्म जरिवाना वा दुवै हुनेछ ।

साथै झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत यश उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वत रद्द हुनेछ । साथै सोही उपदफाको २ मा कुनै विदेशीलाइ झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने ब्यक्तिलाइ छ महिनादेखि ३ बर्षसम्म कैद र २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ ।

यी कानून प्रावधानको आधारमा नागरिकता छानविन गरि झुठो विवरण बनाउने र बनाउन सहयोग गर्ने देखि संवैधानिक निकाय जस्तो संवेदनशील ठाउँमा बसेर झुठो विवरणमा कानूनी कारवाही हुनबाट रोक्न खोज्ने माथी गम्भीर अनुसन्धान गर्न ढिलाई गर्नु हुन्न ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया