Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्तिहरु पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्तिहरु पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् । प्रहरीले बैंकिङ कसुरसम्बन्धी फरक–फरक मुद्दाका, फरक–फरक व्यक्तिहरुलाई फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं ३ वसुन्धारा बस्दै आएका ५२ वर्षीय छत्र बहादुर रोक्का क्षेत्री र भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा छन् ।

यी दुईमध्ये क्षेत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको हो भने थापालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । जग्गा पास गरिदिन्छु भनी बैना रकम बुझिलिई जग्गा पास गर्न नसकेपछि आफ्नो बैनाबापतको रकम फिर्ता गर्न ४० लाख रुपैयाँ मात्रको चेक दिएकोमा पर्याप्त रकम नभई चेक बाउन्स भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका क्षेत्रीलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार अन्दाजी ७ बजेको समयमा वसुन्धारा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीलाई बैंकिङ कसुर मुद्दामा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको उक्त कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

यसैगरी ५८ लाख रुपैयाँ जरिवाना तोकिएका चेक अनादर मुद्दाका फरार प्रतिवादी थापा भने भक्तपुरबाट पक्राउ परेका हुन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय थापालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा एक महिना १५ दिन कैद र ५८ लाख ९६ हजार पाँच सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको प्रहरीको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया