Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाणिज्य बैंकहरूमा दुई प्रतिशतसम्म कर्जा निष्क्रिय

वाणिज्य बैंकहरूमा दुई प्रतिशतसम्म कर्जा निष्क्रिय

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी, नेपाल एसबीआईको सबैभन्दा कम


काठमाडौं । वाणिज्य बैंकहरुमा शून्य दशमलव १५ देखि दुई प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार २०७९ असार मसान्तसम्ममा बैंकहरुमा उक्त अनुपातमा कर्जा निष्क्रिय देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा देखिएको छ भने सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकमा देखिएको छ । आव आव २०७८/०७९ राष्ट्रिय वाणिज्य बैंकमा दुई प्रतिशत कर्जा निष्क्रिय हुँदा नेपाल एसबीआईमा शून्य दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

अघिल्लो आवमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव शून्य सात र शून्य दशमलव २३ प्रतिशत रहेको थियो । आव २०७८/०७९ मा १५ वटा बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतभन्दा माथि छ भने १० वटामा एक प्रतिशतभन्दा कम छ । जसमध्ये एनसीसी, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कृषि विकास र सेञ्चुरीमा आव २०७८/०७९ मा क्रमशः एक दशमलव ९३, एक दशमलव ९०, एक दशमलव ८७, एक दशमलव ६८ र एक दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ७६, दुई दशमलव पाँच, एक दशमलव ६४, एक दशमलव ८८ र एक दशमलव ९८ प्रतिशत रहेको थियो ।

नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज र प्राइम कमर्सियल बैंकमा भने आव २०७८/०७९ मा क्रमशः एक दशमलव ५४, एक दशमलव ४७, एक दशमलव ४० र एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय छन् । अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ८४, दुई दशमलव ४६, एक दशमलव ३९ र शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय थियो । आव २०७८/०७९ मा एनएमबी, ग्लोबल आईएमई, प्रभु, बैंक अफ काठमाण्डू, सिभिल र सिद्धार्थ बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः एक दशमलव ३३, एक दशमलव २२, एक दशमलव २०, एक दशमलव १८, एक दशमलव शून्य आठ र एक दशमलव शून्य तीन प्रतिशत रहेका छन् ।

Open photo

अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ७७, एक दशमलव ४१, एक दशमलव २६, एक दशमलव शून्य चार, एक दशमलव शून्य पाँच र एक प्रतिशत रहेको थियो । कुमारी, लक्ष्मी, माछापुच्छ्रे, हिमालयन र मेगा बैंकमा भने आव २०७८/०७९ मा निष्क्रिय कर्जाको अनुपात क्रमशः शून्य दशमलव ९६, शून्य दशमलव ८९, शून्य दशमलव ८४, शून्य दशमलव ७७ र शून्य दशमलव ७४ प्रतिशत छन् । अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ९६, शून्य दशमलव ७५, शून्य दशमलव ६५, शून्य दशमलव ४८ र एक दशमलव २३ प्रतिशत रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७८/०७९ मा स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एसिया, सानिमा र एभरेष्ट बैंकमा भने क्रमश शून्य दशमलव ५९, शून्य दशमलव ४९, शून्य दशमलव ३५ र शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेका छन् । अघिल्लो आवमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश शून्य दशमलव ९६, शून्य दशमलव ५०, शून्य दशमलव १२ र शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया