Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिकास बैंकहरुमा झण्डै २७ प्रतिशतसम्म कर्जा निष्क्रिय

बिकास बैंकहरुमा झण्डै २७ प्रतिशतसम्म कर्जा निष्क्रिय


काठमाडौं। बिकास बैंकहरुमा झण्डै २७ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । बिकास बैंकहरुले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८–०७९ को अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार शुन्य दशमलव २१ देखि २६ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको हो ।

अपष्किृत वित्तीय विवरण अनुसार दुई वटा बिकास बैंकहरुमा दुई प्रतिशत भन्दा माथि निष्क्रिय कर्जा रहेको छ भने तीन वटामा एक प्रतिशत भन्दा माथि रहेको छ । यि बाहेकका छ वटा बिकास बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात एक प्रतिशत भन्दा तल रहेको छ ।

जसमध्ये सबै भन्दा कम निष्क्रिय कर्जा राष्ट्रियस्तरको मुक्तिनाथ बिकास बैंकमा रहेको छ । आव २०७८–०७९ को चौंथो त्रैमासमा नाराणीमा दुई दशमलव नौं प्रतिशत कर्जा निष्क्रिय हुंदा मुक्तिनाथमा शुन्य दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः २६ दशमलव ७६ र शुन्य दशमलव २३ प्रतिशत रहेको थियो ।कर्पोरेट डेभलपमेन्ट बैंकमा भने २०७८–०७९ चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय देखिंदा कर्णाली डेभलपमेन्ट बैंकमा तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

अघिल्लो आवमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ७० र एक दशमलव ८६ प्रतिशत रहेको थियो । कामना सेवा र महालक्ष्मी बिकास बैंकमा भने आव २०७८–०७९ मा क्रमशः दुई दशमलव ४५ र दुई दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ५० र दुई दशमलव ८० प्रतिशत रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७८–०७९ लुम्बिनी बिकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति बिकास बैंकमा क्रमशः एक दशमलव ६८, एक दशमलव ४८ र एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव १७, एक दशमलव ५० र शुन्य दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । साँग्रिला, शाईन रेसुंगा र सिन्धुली बिकास बैंकमा भने आव २०७८–०७९ मा क्रमशः शुन्य दशमलव ९८, शुन्य दशमलव ९६ र शुन्य दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएका छन् ।

अघिल्लो आवमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ३९, एक दशमलव २७ र चार दशमलव ४८ प्रतिशत रहेको थियो ।आव २०७८–०७९ मा मितेरी डेभपमेन्ट बैंक र गरिमा बिकास बैंकमा भने क्रमशः शुन्य दशमलव ९० र शुन्य दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शुन्य दशमलव ४७ र शुन्य दशमलव ७२ प्रतिशत रहेको थियो ।बिकास बैंकहरुमा हाल कायम रहेको निष्क्रिय कर्जाको अनुपात (प्रतिशतमा)

क्रस बैंकको नाफा २०७९ असार मसान्त २०७८ असार मसान्त
१ नारायणी डेभलपमेन्ट बैंक २.९ २६.७
२ कर्पोरेट डेभलपमेन्ट बैंक ४.६५ ४.७०
३ कर्णाली डेभलपमेन्ट बैंक ३.४० १.८६
४ कामना सेवा बिकास बैंक २.४५ १.५०
५ महालक्ष्मी बिकास बैंक २.४३ २.८०
६ लुम्बिनी बिकास बैंक १.६८ २.१७
७ ग्रिन डेभलपमेन्ट बैंक १.४८ १.५०
८ ज्योति बिकास बैंक १.४२ ०.८४
९ साँग्रिला डेभलपमेन्ट बैंक ०.९८ १.३९
१० शाईन रेसुंगा डेभलपमेन्ट बैंक ०.९६ १.२७
११ सिन्धुु बिकास बैंक ०.९२ ४.४८
१२ मितेरी डेभलपमेन्ट बैंक ०.९० ०.४७
१३ गरिमा बिकास बैंक ०.८५ ०.७२
१४ मुक्तिनाथ बिकास बैंक ०.२१ ०.२३
(श्रोत सम्वन्धीत बैंकको आर्थिक बर्ष २०७८–०७९ को चौंथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया