Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगृह मन्त्रालयद्वारा लघुवित्तविरुद्धका ‘संघर्ष समिति’लाई कारबाही गर्न पत्राचार

गृह मन्त्रालयद्वारा लघुवित्तविरुद्धका ‘संघर्ष समिति’लाई कारबाही गर्न पत्राचार


काठमाडौं । गृह मन्त्रालयले लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको ‘लघुवित्तविरुद्ध संघर्ष समिति’लाई कारबाही गर्न पत्राचार गरेको छ । मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र काट्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत संघर्ष समितिलाई कारबाही गर्न निर्देशन दिएको हो ।

लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले मन्त्रालयलाई लेखेको पत्र र प्राप्त कागजातसहित संलग्न गराएर मन्त्रालयले उक्त समितिलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको हो । देशको प्रचलित कानुनबमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका ६७ वटा लघुवित्त संस्थाहरुविरुद्ध केही व्यक्तिहरुले चरणबद्ध आन्दोलन गरेपछि ती व्यक्ति र त्यस्तो गतिविधिमा संलग्न संस्थालाई कारबाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

लघुवित्त बैंकर्स संघले आवश्यक कारबाहीका लागि मन्त्रालयलाई पत्र लेख्दै आवश्यक कारबाही एवं सुरक्षाको प्रत्याभूति दिन माग गरेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कारबाही गर्न निर्देशनसहित पत्राचार गरेको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया