Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यातका लागि नयाँ सम्भावनाको खोजी हुनुपर्नेमा जोड

निर्यातका लागि नयाँ सम्भावनाको खोजी हुनुपर्नेमा जोड


विराटनगर । पूर्वी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुदे भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ समितिले बुधबार विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावनासम्बन्धी छलफल कार्यक्रममा उनीहरुले कृषि लगायतका निर्यातजन्य नयाँ वस्तुलाई भारतीय बजारमा पु¥याएर व्यापारघाटा कम गर्न सरकारले सम्भावना खोज्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तरदेशीय व्यापारमा नेपालको सबैभन्दा सम्भावना रहेको नै भारतीय बजार रहेको बताए । अहिले भारतसँग ठूलो अन्तरमा व्यापार घाटा बढेको बताउँदै उनले भारतसँगको व्यापारको परनिर्भरता घटाउनका लागि विशेष वस्तुकेन्द्रित नीति आवश्यक रहेको उल्लेख गरे । ‘अब त नेपालबाट तेस्रो मुलुक निर्यात सोच्न गाह्रो हुने अवस्था आइसकेको छ, अहिलेको समयमा भारत नै सबैभन्दा ठूलो पार्टनर हो, सरकारले भारतलाई नै लक्षित गरेर वस्तु केन्द्रित नीति बनाउनु पर्छ’, उनले भने । कृषि क्षेत्रलाई औद्योगिकतर्फ लैजान सकिने र निजी क्षेत्रले पनि व्यापारका नयाँ क्षेत्रको पहिचानका लागि सरकारसँग छलफल गर्नुपर्ने उनको भनाई थियो ।

यस्तै महासंघका प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले मुलुकबाट निर्यातका लागि ठोस नीति अघि सार्नुपर्ने सुझाव दिए । मुलुकको व्यापारघाटा कम गर्न सरकारले भारतसँग गर्नुपर्ने जति लबिङ गर्न नसकेको उनको भनाइ थियो । ‘बाध्यताले उद्योग चलाउनुपर्ने अवस्था छ, मुलुकको व्यापार प्रवद्र्धनका लागि सोचेअनुसार उपलब्धि हुनसकेको छैन’, उनले भने, ‘सरकारले एकातिर सिमेन्टमा छुट दिन खोजे पनि अर्कोतिरबाट रोयल्टी बढाएर उद्योगीलाई आहत पारेको छ ।’ यस्तै उनले अदुवा र फलफूलको निर्यातमा नेपालको सम्भावना धेरै रहेकाले निर्यात वृद्धि गर्न कृषिजन्य उत्पादनको प्रशोधनमा सरकारले सहयोग पु-याउनुपर्ने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालको पहिलो निर्यात गन्तव्य भारत नै भएको बताए । उत्पादन वृद्धिका लागि प्रभावकारी केन्द्रीय नीति आवश्यक रहेको र त्यसका लागि सबै क्षेत्रबीच समन्वयको खाँचो रहेको उनलको भनाइ थियो । साथै उनले लघु तथा मध्यम तहका उद्योगको संरक्षण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा पोषराज पाण्डेले नेपालमा विसं १७९२ मा तत्कालीन ब्रिटिस सरकार र नेपालबीच वाणिज्य सम्झौता भएपश्चात् भारतसहितका अन्तर्देशीय क्षेत्रमा व्यापारको सम्बन्ध अघि बढेको बताए । नेपालले निर्यात हुने कृषि उत्पादनमा भन्सार नलाग्ने व्यवस्थाको फाइदा उठाउनुपर्ने सुझाव दिए । डा पाण्डेले नेपालले विद्यमान उत्पादन मात्रै नभई नयाँ उत्पादनका क्षेत्र र वस्तुको पहिचान गर्न सकिएको खण्डमा मुलुकको आयात घाटा कम भएर जाने बताए ।

कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं १ अध्यक्ष टीकाराज ढकालले भारतमा भइरहेको क्षेत्रीयस्तरको व्यापारमा देखिएका समस्या समाधानका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले मुलुकमा देखिएको व्यापारघाटा कम गर्न र निर्यात बढाइ विदेशी मुद्रा आर्जन गर्न कृषि क्षेत्रका विविध बालीको उत्पादन बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया