Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकामपा १४ की वडा अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

कामपा १४ की वडा अध्यक्षविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं, फागुन १४

काठमाडौँ महानगरपालिकाको वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाले गैरकानुनी ढङ्गले सिफारिस गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । वडा अध्यक्ष सापकोटाले मोटो रकमको लोभमा नक्सामा बाटो नै नभएको जग्गामा बाटो रहेको सिफारिस दिएको जग्गा भोगचलन गर्दै आएकी रत्नदेवी थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएकी छिन् । वडा अध्यक्ष सापकोटाले गत माघ २० गते मालपोत कार्यालय कलंकीलाई सम्बोधन गरेर विनय गौतमलाई दिएको घरबाटोको सिफारिसमा तीन फिट दक्षिणतर्फबाट बाटो भएको घर तथा जग्गालाई उत्तरतर्फ रहेको रत्नादेवीले भोगचलन गर्दै आएको जग्गालाई बाटो भनी सिफारिस दिएकी थिइन् । सिफारिसमा उल्लेख गरिएको नक्सा नं. १०२–११४२–१२ को कित्ता नम्बर ९७ र ९८ को क्षेत्रफल दुुई सय ६१ दशमलव नौ वर्गफिट जग्गामा घरसमेत रहेको र सहायक पिच बाटोले छोएको उल्लेख गरिएको छ । उल्लेख गरिएको घर र बाटोको बीचमा कित्ता नम्बर ४ को २१ फिट जग्गा थापाथलीस्थित कालमोचनघाटको कालमोचन गुठीको नाममा श्रेस्ता कायम भएको १५ आना दुुई पैसा पर्दछ ।

कित्ता नम्बर ४ को १५ आना दुई पैसा जग्गा २०२१ सालमा नापी हुँदा उक्त जग्गा रत्नादेवीकी सासु तोयादेवीलाई माइतीले दाइजो दिएका थिए । उक्त जग्गाको भोगचलन रत्नदेवी थापाले नै गर्दै आएकी थिइन् । गुठीको जग्गामोही रत्नदेवी थापालाई आफ्नी सासुु तोयादेवी थापाले छ रोपनी जग्गा बकसपत्र गरेर दिएकी थिइन् । उनको घरबास भएको जग्गाको दक्षिणतर्फ विनय गौतमले कित्ता नम्बर ९७ र ९८ मा घर बनाई बसोबास गरेका थिए । उक्त घरमा चन्द्रागिरी नपा वडा नं. १५ स्थित असिता ट्रेडर्स प्रालिलाई बिक्री गर्नलाई सो जग्गामा जाने आउने बाटो कायमको लागि उक्त घर जग्गाको दक्षिणतर्फ कित्ता नम्बर ९३ र ३२४ को बाटो जोडिएको हुँदाहुँदै वडा कार्यालयले थापाले भोगचलन गर्दै आएको जग्गालाई ठूलो बाटो भनि सिफारिस गरेको थापाले बताइन् ।

उक्त घरसहितको जग्गा मालपोत कार्यालयको लगतअनुसार गत माघ २६ गते विवेक गौतम र सुलोचना लामिछानेको नाममा भएको कित्ता नम्बर ९७ र ९८ नम्बरको एकसय चार दशमलव दुुई वर्गफिट र एक सय ५७ दशमलव सात वर्गफिट गरी जम्मा दुुई सय ६१ दशमलव नौ वर्गफिट जग्गा घरसहित ऋषिता ट्रेडर्स प्रालिको नाममा नामसारी भएको छ । रत्नदेवीले आफूले भोगचलन गर्दै आएको जग्गा वडा अध्यक्षले सार्वजनिक बाटो रहेको सिफारिस बनाइदिएपछि पटक–पटक मालपोत कार्यालय, गुठी संस्थान र काठमाडौँ महानगरपालिकालाई जानकारी गराउँदासमेत सुनुवाइ नभएपछि अख्तियारमा उजुरी दिएको बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया