Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूकम्पपछि बस्ती स्थानान्तरण

भूकम्पपछि बस्ती स्थानान्तरण


दोलखा, फागुन १५

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर तीन खानीगाउँका एक सयभन्दा बढी स्थानीयले पुरानो ठाउँ छाडेर नयाँ ठाउँमा बस्ती बसालेका छन् । २०७२ सालको भूकम्पले सयौँ वर्षदेखि बसोबास गर्दै आएको बस्ती भत्काइदिएपछि उनीहरूले नयाँ ठाउँमा
सरेका हुन् । बैतेश्वर गाउपालिका वडा ३ साबिकको मिर्गे गाविस ३ को एउटा सिङ्गो गाउँ नै गाउँपालिकाको केन्द्रनजिक रहेको खेतमा सरेको हो । भूकम्पपछि सरेको बस्ती पुरानो गाउँदेखि करिब साढे दुई किलोमिटर टाढा खोलापारि रहेको छ । भूकम्पले गाउँ पूर्णरूपमा ध्वस्त भएपछि उक्त ठाउँलाई छाडेर नयाँ ठाउँमा सरेको स्थानीय रामचन्द्र राउतले बताए ।
भूकम्पले पहिरो गएको र पहिला बस्दै आएको ठाउँ जोखिमपूर्ण भएकोले आफूलगायत एक सय २० घर परिवारले खेतमा घर बनाएर बसेको बताए ।
भूकम्पपछि भएका पानीका मुहान सुक्नुको साथै धेरै मानिस सहर केन्द्रित भएको हुँदा गाउँलाई वनजङ्गलले छेकेर उत्पादन हुन छाडेकाले आफूले खेतमै बसोबास सुरु गरेको स्थानीय हरि सुवेदीले बताए । गाउँका केही स्थानीयले भने गाउँपालिकाको केन्द्रनजिक आफ्नो खेत रहेको हुँदा बसाइ सरेको बताएका छन् । उत्पादन र सुविधाको हिसाबले गाउँपालिकाको केन्द्रनजिक आफ्नो खेत रहेको हँुदा आफूहरूले खेतमा घर सारेको स्थानीय सेते राउतले बताए ।
हालसम्म नयाँ ठाउँमा एक सय ५० घर निर्माण भइसकेका छन् भने बाँकी केही घर निर्माण हुने प्रकृयामा रहेका छन् । त्यसैगरी सोही गाउँपालिकाको वडा नं ६ नाम्दु वनगाउँ र घिमिरे टारका केही स्थानीयले पनि पुरानो गाउँ छाडेर नयाँ ठाउँमा बस्ती बसेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया