Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडलर कार्डबाट हुने भुक्तानीमा कडाइ

डलर कार्डबाट हुने भुक्तानीमा कडाइ


काठमाडौं । विदेशी विनिमय सञ्चितिमा निरन्तर दबाबमा रहेको बेला नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ । डलर सञ्चिति बढाउन केन्द्रीय बैंकले मंगलबार सञ्चालनमा रहेका २६ वाणिज्य बैंक र राष्ट्रियस्तरका आठ विकास बैंकहरु (जसले डलर कार्ड जारी गरेका छन्) को नाउँमा परिपत्र जारी गर्दै डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गर्दै डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरिएको राष्ट्र बैंकको भनाइ छ । डलर कार्डमार्फत हुने भुक्तानीसम्बन्धी संशोधित परिपत्रअनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११, ६३००, ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६१ समेतका १८ वटा १८ वटा मर्चेन्ट क्याटागोरी कोड (एमसीसी)अन्तर्गत पर्ने वस्तु तथा सेवाहरुको भुक्तानी डलर कार्डमार्फत गर्न पाउनेछैनन् । राष्ट्र बैंकका अनुसार यी कोडहरुअन्तर्गत पर्ने वस्तु तथा सेवाहरुमा मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलाल/डिलर्स, बीमा बिक्री आदि छन् ।

Open photo

यसैगरी राष्ट्र बैंकले अन्डराइटिङ तथा प्रिमियम, रियल स्टेट, एजेन्ट तथा म्यानेजर (रेन्टल), वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठन आदिलाई दिइने चन्दा, सहयोग तथा अन्य भुक्तानीमा पनि डलर कार्डको प्रयोग गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यो व्यवस्थाविपरीत डलर कार्डमार्फत भुक्तानी गरेको पाइएमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया