रत्नपार्कमा विद्युतीय सवारीको लागि चार्जिङ स्टेसन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारीसाधनलाई चार्ज गर्नको लागि काठमाडौंको रत्नर्पाकमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा मन्त्री भुसालले स्वदेशी बिजुलीको खपत बढाउनका लागि चार्जिङ स्टेसन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको बताइन् । चर्को लोडसेडिङ भोगेका नेपालीका लागि चार्जिङ स्टेसन र इन्डक्सन चुलोको प्रयोग गर्ने अवस्थामा पुग्नु ‘क्रान्तिकारी कदम’ भएको उनको दाबी छ । उनले लोडसेडिङको अन्त्यदेखि बिजुली निर्यातको अवस्थासम्म पुग्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको भन्दै यसलाई थप विस्तार गर्दै लैजाने बताइन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेकी उनले सरकारले विद्युतीय सवारीसाधन मात्रै खरिद गर्ने निर्णय गरेको र त्यसमा निजी क्षेत्रले समेत साथ र सहयोग गर्ने विश्वास व्यक्त गरिन् । पेट्रोलियम पदार्थको खरिदका लागि मात्रै वार्षिक तीन खर्बबराबरको रकम विदेशिने गरेको भन्दै उनले त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको उपयोग र स्वदेशी बिजुलीको खपत नै उत्तम विकल्प भएको बताइन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले देशभरका ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिरहेको र आगामी दुई महिनाभित्र सबै चार्जिङ स्टेसन निर्माण सम्पन्न भई सञ्चालमना आउने जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग पनि प्राधिकरणले चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिँदै उनले सबै क्षेत्रको साथ र सहयोगमा वातावरणको संरक्षण तथा बिजुली खपत अभियानसमेत अगाडि बढ्ने बताए । देशको प्रमुख सहर तथा राजमार्गमा द्रुत सवारी चार्जिङ स्टेसनको स्थापना गरिनु आफैँमा सकारात्मक हस्तक्षेप भएको उनको भनाइ छ ।
उनका अनुसार प्राधिकरणले स्थापना गर्न लागेको चार्जिङ स्टेशनमा २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जर र २५ वटा साना ठूला कारका लागि चार्ज गर्न सकिने प्रणाली जडान हुनेछ । एउटा सवारीसाधन पूर्णरूपमा चार्ज हुनका लागि बढीमा डेढ घण्टासम्म लाग्ने उनले जानकारी दिए । प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी र २२ किलोवाट एसी रहेको छ । नेपालमा उपलब्ध भएका सवारीसाधनमा रहेको ब्याट्रीको क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि डेढ घण्टासममा पूर्णरूपमा चार्ज हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया