Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्रिप्टो करेन्सीमा सूर्या लाइफको संलग्नताको आशंका

क्रिप्टो करेन्सीमा सूर्या लाइफको संलग्नताको आशंका


काठमाडौं । नेपाल राष्ट्र बैंकले हाई प्रोइफल काण्डको रुपमा अनुसन्धान गरेको क्रिप्टो करेन्सी काण्डमा विशाल सिमेन्टमार्फत सूर्या लाइफ इन्स्योरेन्स कम्पनी मुछिन पुगेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ पवन खड्का यसअघि विशाल सिमेन्टकै सीईओको रुपमा काम गरेका तथा विदेशी खातामा करोडौँ रुपैयाँसहित फेला परेका अमित श्रेष्ठसँगको निकट सम्बन्ध रहेका कारण सूर्या लाइफका खड्का क्रिप्को करेन्सीसँग मुछिन पुगेका हुन् ।

प्रहरीले अवैध क्रिप्टो करेन्सी काण्डमा पक्राउ गरी अनुसन्धान गरेको नुवाकोटको विदुर नगरपालिका– २ घर भई हाल काठमाडौं– ३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठको कारोबार हेर्ने मुख्य जिम्मेवारी सूर्या लाइफका सीईओ खड्काको भएकोले उनले सूर्या लाइफको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बसेर काम गरेको दाबी
स्रोतको छ ।

अमित श्रेष्ठले विशाल सिमेन्टलाई बालकृष्ण भुसाललाई बिक्री गरेपश्चात् पवनले पनि विशाल सिमेन्ट छाडेका थिए । सिमेन्ट छोडेपछि श्रेष्ठ क्रिप्टोकरेन्सीमा लागेको देखिएको छ । उनलाई साथ दिने मुख्य पात्र पवन खड्का भएको भनिए पनि उनलाई भने पक्राउ गरी अनुसन्धान गरिएको छैन । अमित श्रेष्ठ थुनामा रहुन्जेल उनलाई छुटाउन सूर्या लाइफका सीईओ खड्काले कार्यालय नै ‘बंक’ गरेर लागिपरेका छन् । पवन खड्का पछिल्लो दुई महिनादेखि कार्यालयमा कम समय दिँदै आएको कर्मचारीहरुको गुनासो छ ।

यसैबीच, सूर्या लाइफका सीईओ खड्काका क्रिप्टो करेन्सी कारोबारका साझेदार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । श्रेष्ठलाई गत साउन २४ गते काठमाडौं जिल्ला अदालतले नेपाल राष्ट्र बैंक ऐन २०५८ सम्बन्धी कसुरमा पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।

श्रेष्ठको नाममा अष्ट्रेलियाको कमनवेल्थ बैंकमा एक लाख ९४ हजार दुई सय ८५ अमेरिकन डलर, रोयल बैंक अफ क्यानाडामा १८ लाख ७४ हजार चार सय २१ डलर, नेपालको एभरेष्ट बैंकमा दुई करोड छ लाख छ हजार रुपैयाँ फेला परेको थियो । त्यस्तै नबिल बैंकमा क्यानेडियन डलर ६५ हजार पाँच सय ९६ फेला परेको काठमाडौं प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया