Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक दैनिकको सम्पादकमा पुडासैनी नियुक्त

आर्थिक दैनिकको सम्पादकमा पुडासैनी नियुक्त


काठमाडौं । ‘आर्थिक दैनिक’को सम्पादकमा राम प्रसाद पुडासैनी नियुक्त भएका छन् । यही भदौ १३ गते बसेको आर्थिक दैनिक प्रालिको सञ्चालक समिति बैठकले पुडासैनीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

‘आर्थिक दैनिक’मा स्थापनाकालदेखि नै कार्यरत पुडासैनी केही वर्ष अगाडिदेखि कार्यकारी सम्पादकका रुपमा कार्यरत थिए । सम्पादक प्रल्हाद रिजालले कार्यव्यस्तताको कारण राजीनामा दिएपछि पुडासैनीलाई सम्पादकमा नियुक्त गरिएको हो ।

पत्रकारिता, समाजशास्त्र र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका पुडासैनीले नेपाल ल क्याम्पसबाट एलएलबीको पनि अध्ययन गरेका छन् ।

कमाण्डर दैनिक, राजधानी दैनिक, साँझको समाचार, असन बजार साप्ताहिक, राष्ट्रिय जनमञ्च साप्ताहिकलगायतका विभिन्न पत्रपत्रिकामा काम गरिसकेका पुडासैनी २४ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न छन् ।

पुडासैनीको सम्पादकीय नेतृत्वले ‘आर्थिक दैनिक’लाई थप परिमार्जित गर्दै सशक्त बनाउने अपेक्षा सञ्चालक समितिले गरेको छ । नवनियुक्त सम्पादक पुडासैनीलाई अध्यक्ष एवं संस्थापक सम्पादक रिजालले सफलताको शुभकामना दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया