पशुपति सहकारीले पीडितलाई अझै पैसा फिर्ता दिएन
काठमाडौं । काठमाडौंको जमलमा मुख्य कार्यालय बनाई सञ्चालित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लामो समयदेखि सहकारीमा बचत गरेका सर्वसाधारणहरुलाई पैसा फिर्ता नदिई झुलाउँदै आएको छ ।
कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २४ वर्ष नेतृत्वमा रहेर काम गरेका चन्द्रबहादुर (सीबी) लामाले कान्तिपुरमा सीबी लामा र पशुपति सहकारीमा चन्द्रबहादुर तामाङ बनेर दोहोरो भूमिकामा काम गर्दै आएका थिए ।
सहकारीमा जम्मा भएको निक्षेप व्यक्तिगत रुपमा घरजग्गा, सेयर तथा विभिन्न व्यवसायमा प्रयोग गरेर सहकारीलाई टाट पल्टाएका चन्द्रबहादुर (सीबी) तामाङले विगत चार वर्षदेखि मुद्दती बचतकर्ताहरुको परिपक्व भएको रकम समेत फिर्ता नदिएर झुलाउँदै आएका छन् ।
सर्वसाधारणको बचत फिर्ता नगर्न नै लामाले २०७५ सालमा नै प्रत्येक जिल्लामा एउटा सहकारीसँग मर्ज गर्ने भनेर सूचना निकालेर बचतकर्ताहरुलाई झुक्याएका चन्द्रबहादुर तामाङ उर्फ सीबी लामाले आफ्नो विरुद्धमा उजुरबाजुर गरे रकम फिर्ता नगर्ने भन्दै धम्की दिने गरेका छन् ।
चन्द्रबहादुरले पैसा फिर्ता नगर्न जिल्ला जिल्लामा मर्ज अभियान चलाएर एउटा एउटा सहकारी स्थापना गर्ने भन्ने नाटक सर्वसाधारणहरुले नपत्याएपछि सहकारीसँग पैसा छ भन्ने देखाउन नक्कली भवन निमार्णका लागि न्यूरोड एरियामा जग्गा चाहियो भनेर झुलाएका थिए ।
कांग्रेस नेता शशांक कोइरालाको नाम लिँदै आफू ठूलो मान्छे भनेर आफ्नो बचत फिर्ता लिन आएका सहकारी पीडितहरुलाई तामाङले उल्टै धम्काउने तथा छल्दै भाग्दै हिँड्ने गरेका थिए ।
पशुपति सहकारीलाई टाट पल्टाउने तामाङ अहिले कान्तिपुर अस्पतालको अध्यक्ष हुन् । कान्तिपुर अस्पतालको आडमा पीडितहरुलाई केही सीप नलागे अस्पताल नै बेचेर भए पनि पैसा फिर्ता गर्ने भन्दै अल्झाउँदै आएका छन् ।
कान्तिपुर सहकारीमा सीबी लामाको नाममा अध्यक्ष रहँदा नै तामाङले चन्द्रबहादुर तामाङको नाममा पशुपति सहकारी खोलेका थिए । आफ्नो श्रीमतीलाई पशुपति सहकारीमा राखेर तामाङले आफू भने कान्तिपुरमा बसी कान्तिपुरका ग्राहक सेयर सदस्यहरुलाई पशुपतिमा लैजाने र पशुपतिकै मार्केटिङ समेत गर्ने गरेका थिए ।
तामाङको दुईथरि नाम राखेर दुईवटा सहकारी चलाएर गर्ने दोहोरो भूमिकामा भने डिभिजन सहकारी काठमाडौंका तत्कालीन प्रमुख केशव थापाले सहयोग गर्ने गरेका थिए ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया