पोखराका भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण
काठमाडौं । कास्कीको पोखरामा रहेका भूमिहीन सुकुमबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गरिएको हो ।
पोखरामा आयोजित एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा उनले राष्ट्रिय भूमि आयोगमार्फत वितरण भइरहेको लालपुर्जा खारेज नहुने बताइन् । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गरिएको उनको दाबी छ । साथै उनले वास्तविक भूमिहीन सुकुमबासी भूमि पाउनबाट वञ्चित हुन नहुनेमा पनि जोड दिइन् ।
यस्तै कार्यक्रममा मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरूको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनस्र्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको जानकारी दिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया