Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी खनाल सम्मानित

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी खनाल सम्मानित


काठमाडौं । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्राध्यापक डा. वसुधा खनाल सम्मानित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खनालसहित चिकित्सा क्षेत्रमा योगदान गर्ने १५ महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् ।

शीतलनिवासमा उनीहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्र्ड प्रदान गरिएको थियो । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको हो । माइक्रोबायोलोजीको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानलाइ कदर गर्दै प्रतिष्ठानकी माइक्रोबायोलोजी विभागकी प्राध्यापक डा. वसुधा खनाललाई राष्ट्रपतिबाट वुमन इन मेडिसिनबाट सम्मान गरिएको हो ।

नेपाल सरकारको छात्रावृत्ती कार्यक्रममार्फत पाकिस्तानबाट एमबीबीएस अध्ययन पश्चात आफ्नै जन्मभूमि धरानमा आएर प्रतिष्ठानको मेडिकल अफिसर पदमा सेवा सुरु गरेकी डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रममार्फत माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर गरेकी छिन् । स्नाकोत्तरमा उनले गोल्ड मेडल समेत प्राप्त गरेकी थिइन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया