Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनमैै रोकिए दशैँका सामान

चीनमैै रोकिए दशैँका सामान


चौतारा । दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिबाट ल्हासा आउने ढुवानीको गाडी तत्कालका लागि उतै रोक्न चीन सरकारले आदेश गरेको छ ।

दुई सयभन्दा बढी कन्टेनर केरुङ र करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा पनि केही गाडी रोकिएका छन् ।

चीनले नाकाबन्द गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । गौतमका अनुसार चीन स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोनाका कारण ८ अगस्टदेखि लगाएको लकडाउन अझै जारी छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया