Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयती समूहका नवाङ जेल चलान

यती समूहका नवाङ जेल चलान


काठमाण्डौँ,फागुन १६

यति समूहका तत्कालीन अध्यक्ष स्व.आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पा जेल चलान भएका छन् । खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका सदस्य शेर्पासहित चार जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि जेल चलान गरेको छ । उनीहरूmलाई प्रहरीले गत माघ १८ गते खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका चारै जनलाई जिल्ला अदालत काठमाडौँले बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । राज्यका उपल्लो निकायसम्म सिधै पहुँच बनाएको यती समूहको खराब इमेज समाजमा जाने भन्दै प्रहरीले शेर्पा पक्राउ भएको कुरा एक महिनासम्म पनि गोप्य राखेको थियो । नवाङ यसअघि पनि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा नवाङ मुछिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया