महानगरका कर्मचारीको मिलेमतोमा शान्ता प्लाजाद्वारा घरबहाल करछली
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र घरबहालमा लगाउने घरधनीहरुले महानगरपालिकाको कर्मचारीहरुसँगको मिलेमतोमा घरबेटीले लिनुपर्ने घर बहाल कर भाडावालाहरुलाई जबर्जस्ती तिराउने गरेको पाइएको छ भने केहीले घरबहाल कर नै छल्ने गरेका छन् ।
महानगरपालिकाभित्र भाडामा बस्ने डेरावालहरुसँग अधिकांश घरबेटीहरुले घर बहालसम्बन्धी लिखित सम्झौता नगरी मौखिक सहमतिमा भाडामा राख्ने गरेका छन् । त्यसरी भाडामा बस्नेहरुले घरबेटीले भनेजति भाडा दिए पनि उनीहरुले महानगरपालिकालाई घर बहाल कर नै नतिरी छल्दै आएका छन् । महानगरपालिकाले पनि करको दायरामा नआएको उक्त क्षेत्रलाई समेट्न अहिलेसम्म प्रभावकारी ठोस कदम चालेको छैन । महानगरपालिकाभित्र बनेका होटल, रेष्टुरेन्ट र व्यावसायिक भवनहरुको केही मालिकहरुले पनि भाडावालहरुसँग तीनथरिका घर बहाल सम्झौता गर्ने गरेको पाइएको छ । कर तिर्न कम भाडा सम्झौंता, बैंक लोन लिन बढी भाडा सम्झौता र भाडावालसँग लिने अर्कै सम्झौता गर्ने गरेको पाइएको छ ।
त्यस्तै धन्दा गर्नेमध्येको एक हो, काठमाडौं महानगरपालिका– ३०, रातोपुलमा रहेको शान्ता प्लाजा । त्यसका सञ्चालक प्रवीन बहादुर केसीसहित पाँच जना छन् । तर हर्ताकर्ता भने केसी नै छन् । उनकी श्रीमती सविता केसी भट्टराईले यसअघि प्रकाशित समाचारको प्रतिवाद गर्न श्रीमान् प्रवीण केसीसँगै आर्थिक दैनिकको कार्यालयमा उपस्थित भएर केसीसँग आफू नरहेको भन्दैसँगै फोटो नछाप्न अनुरोध गरेकी थिइन् तर उनीहरु छुट्टाछुट्टै रहेको भने पाइ्एको छैन । उनले सञ्चालन गरेको एरो ट्राभल्स एण्ड टुर्सको अफिस पनि शान्ता प्लाजामा नै छ । उनको ट्राभलले २०७८/०७९ मा १० हजार आठ सय रुपैयाँ बहाल कर तिरेको ३० नं वडा कार्यालयले जानकारी दिएको छ । तर, त्यसमा विश्वास गर्न किन सकिने अवस्था छैन भने शान्ता प्लाजामा रहेका भाडावालमध्येका केही व्यावसायिक फर्महरुले केसीसँग घर बहालसम्बन्धी सम्झौता गर्दा प्रथम पक्ष (घरधनी) ले बहालकर बुझाएर त्यसको छायाँ कपी दोस्रो पक्ष (भाडावाल) लाई बुझाउनुपर्ने छ, भनिएको छ ।
ट्रेन्ड विज अनलाइन प्रालि नामको उक्त भाडावाल कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को घर बहाल कर एक लाख ८६ हजार सात सय १४ रुपैयाँ तिरेको छ । जब कि त्यो घर बहाल कर घर भाडामा लगाउने व्यक्तिले तिर्नुपर्ने हो । महानगरपालिकाको ३० नं. वडा कार्यालयलले घरधनी केसीलाई उक्त घर बहाल कर तिर्न नलगाएर भाडावाला जि ट्रेन्ड वीज अनलाइन प्रालिलाई नै तिर्न लगाएको छ । सोही शान्ता प्लाजामा व्यवसाय गर्ने केही कम्पनीले घरबेटी केसीले घर बहाल कर चुक्ता गरेको कागज नदिएकै कारण वडा कार्यालयमा रजिष्ट्रार भएर व्यवसाय कर बुझाउन समेत पाएका छैनन् ।
३० नम्बर वडा कार्यालयले केन्द्रीय आयोजना इकाइ (शिक्षा) लाई यही भदौ १ गते स्रोतमा कट्टा गरिएको घर बहाल कर स्थानीय निकायमा बुझाउनुपर्नेमा आन्तरिक राजस्व कार्यालयमा बुझाएको पाइएकोले वडा कार्यालयमा बुझाउन पत्राचार गरेको छ । यसमा पनि भाडावाल केसीले आफूले तिर्नुपर्ने घर बहाल कर स्रोतमा कट्टा गरी शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइले घर बहाल कर तिरेको भनिएको छ । तर स्रोतमा कट्टा नगरी घरबहाल बुझाउन दबाब दिने गरिएको छ ।
यही भदौ १ गते शान्ता प्लाजाका मालिक केसीलाई घर बहाल चुक्ता गरेको पत्र समेत दिइएको छ । तर केसी आफैँले चाहिँ बहाल कर तिरेको देखिएको छैन । सबै बहाल कर भाडावालहरुलाई नैं तिर्न लगाएको पाइएको छ र काठमाडौं महानगरपालिकाको ३० नं. वडा कार्यालयले मिलेमतोमा उनलाई घर बहाल कर चुक्ता गरेको प्रमाणपत्र दिने गरेको स्रोतको दाबी छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया