Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन दिनमा ५१ हजारद्वारा फर्निचर एक्स्पोको अवलोकन

तीन दिनमा ५१ हजारद्वारा फर्निचर एक्स्पोको अवलोकन


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको तीन दिनमा ५१ हजार जनाले अवलोकलन गरेका छन् । बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म उक्त संख्यामा अवलोकनकर्ताहरू आएको एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।

एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबार मात्रै २२ हजार पुगेको हो । एक्स्पोको व्यवस्थापकका अनुसार शुक्रबार १६ हजार र बिहीबार १३ हजारले अवलोकन गरेका थिए । आइतबार र सोमबार थप ३० हजारले एक्स्पो अवलोकन गर्ने इभेन्ट सोलुसनको अपेक्षा छ । ‘अघिल्ला दुई दिनमा २९ हजारले एक्स्पो अवलोकन गरेकोमा शनिबार २२ हजारले अवलोकन गरेका छन्’, इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू सञ्चालन गरेका छन् ।

यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ । अवलोकनकर्ताले निःशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेसन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी–पेमार्फत प्रवेश पास पाउन सकिनेछ ।

एक्स्पोकै अवसरमा शुक्रबार र शनिबार प्रदर्शनीस्थलमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रलसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा एक सय आठ पिन्ट रगत संकलन भएको संघका प्रथम उपाध्यक्ष मनिष अग्रवालले जानकारी दिए । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको छ भने हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजी–पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोसियसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शकहरूको सहभागिता छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोको आकर्षण बनेको छ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु-याउने अपेक्षा गरिएको छ ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रूपमा फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स नेपाल) को आयोजना हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया