Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररावाखोलामा असला माछा पाउनै मुस्किल

रावाखोलामा असला माछा पाउनै मुस्किल


सोलुखुम्बु । खोटाङको रावाखोलामा प्रशस्त पाइने असला माछा अहिले भने पाउन नै मुस्किल हुने गरेको छ । केही बर्षसम्म बाक्लो पाइने असला अहिले निकै पातलो भएको जलारीहरू बताउँछन् ।

विष हाल्ने, करेन्ट लगाउने जस्ता कार्यबाट माछा मार्ने क्रम बाक्लिएपछि असला माछाको संख्यामा पातलोपन आएको स्थानीयको बुझाई छ । वडा न. १ का वडा अध्यक्ष गेहन्द्रमान राईले रावाखोलामा माछाको संरक्षणका लागि विष हाल्न र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको बताए ।

‘यस विषयमा हामी जनप्रतिनिधि र स्थानीयवासी पनि निक्कै लागि परेका छौ, हामी माछाको संरक्षणमा विषेश योजना नै तयार गरि अघि बढ्छौ’, उनी भन्छन् । ठाउँलाई समेत चिनाएको माछा पछिल्लो समय हराउँदै जाँदा चिन्ता थपिएको अर्का स्थानीय भुवन राईले बताए ।  उनले भने, ‘यहाँको माछा जिल्लामा मात्रा नभई देशमै प्रख्यात थियो कुनै समय, रावाखोलाको माछाकै कारण रावावेशी ठाउँ परिचित छ, तर विडम्बना अहिले यहाँको चिनारी नै अराउने अवस्थामा पुगेको छ ।’

खोलामा रावाखोलाको असला र त्यसको सुकुटी माछा प्रचलित छ । खोलामा असलाको अलवा कत्ले बुदुना, नकटा, लोहोरी, बाम माछा पनि पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया