Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० अर्बको अल्पकालीन ऋणपत्र बिक्री

१० अर्बको अल्पकालीन ऋणपत्र बिक्री


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुनः १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल (अल्पकालीन सरकारी ऋणपत्र) बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही भदौ २० गते पनि राष्ट्र बैंकले छ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति भदौ २८ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ असोज २५ गते र ९१ दिनेको २०७९ मंसिर २७ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री भएका ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया