Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ नोट बाँड्न सुरु

नयाँ नोट बाँड्न सुरु


काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायण प्रसाद पोखरेलका अनुसार दशैँ, तिहार र छठपर्वका लागि यही भदौ २९ गते अर्थात् बुधबारबाट नयाँ नोटको वितरण कार्य सुरु गरिएको हो ।

तत्कालको लागि नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट नयाँ नोटको वितरण सुरु गरिएकोमा उपत्यकाबाहिरको हकमा भने यही असोज २ गतेबाट नयाँ नोटको वितरण कार्य सुरु गर्ने उनको भनाइ छ । पोखरेलका अनुसार सर्वसाधारणको लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरमा पाँच, १०, २०, ५० र सय रुपैयाँ दरका नयाँ नोट एक–एक सेट वितरण गरिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया