Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनागरिकता विधेयक प्रमाणीकरण भएन

नागरिकता विधेयक प्रमाणीकरण भएन


काठमाडौं । चौतर्फी विरोध र आफूले संविधानभित्र रहेर गरेको सिफारिसका बुँदा समावेश नगरी विना छलफल संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतबाट पारित भएर आएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी थन्क्याइदिएकी छिन् ।

संसद्बाट दोस्रो पटक प्रमाणीकरणका लागि आएको उक्त विधेयक मंगलबार राति १२ बजे अगाडिसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । तर, राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको जानकारी राति करिब १२ बजेसम्म सार्वजनिक भएन ।नागरिकता विधेयक प्रमाणीकरण नगरेमा राष्ट्रपति भण्डारीबाट नेपालको संविधान उल्लंघन गरेको हुने सत्ता घटक दलहरुले बताइरहेको बेला राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले राष्ट्रपति संविधानको संरक्षक भएको भन्दै एक धारा र उपधारा मात्र पढेर अर्थ नलगाउन विभिन्न सञ्चारमाध्यममा दिएको प्रतिक्रियामा उल्लेख छ ।

यादवले राष्ट्रपतिले संविधानको धारा १ देखि धारा ३०८ सम्म पालना गर्ने पनि दाबी गरेका छन् ।
राष्ट्रपतिले संविधानमा उल्लेख भएका अधिकारहरु नागरिकतामा प्रदान गर्न सुझाव दिँदा सत्ता गठबन्धनका दलका शीर्षनेताहरुको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिबाट आएका कुनै पनि सुझाव नसमेटिने घोषणा गरेपछि राष्ट्रपति र सत्ता गठबन्धनबीच अघोषित शक्तिसंघर्ष चलिरहेको थियो । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि सत्तारुढ दलले नयाँ बाटो अपनाउने कोशिस गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया