एक सय ७८ वटा बैंक तथा फाइनान्स कम्पनीहरूको लाइसेन्स खारेज
काठमाडौं । मर्जर तथा प्राप्तिसम्बन्धी नीतिमा नेपाल राष्ट्र बैंकले उल्लेखनीय सफलता हासिल गरेको छ । मर्जरसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपश्चात् हालसम्म एक सय ७८ बैंक तथा फाइनान्स कम्पनीहरुको लाइसेन्स अर्थात् अनुमतिपत्र खारेज हुनुले पनि मर्जरसम्बन्धी व्यवस्थामा राष्ट्र बैंक सफल देखिएको हो ।
राष्ट्र बैंकका अनुसार मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएकै कारण तत्कालीन गाण्ड बैंक, किष्ट बैंक, जनता बैंक, एनआईसी बैंक, बैंक अफ एसिया नेपाल लिमिटेड, प्रभु विकास बैंक, प्रभु फाइनान्स, एचएण्डबी बैंक, टुरिजम डेभलपमेन्ट बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, सूर्यदर्शन फाइनान्स, कन्ट्री डेभलपमेन्ट बैंक, पशुपति डेभलमेन्ट बैंकसहितका झण्डै दुई सयवटा बैंक तथा फाइनान्स कम्पनीहरुको लाइसेन्स खारेज भएका हुन् ।
चालू आर्थिक वर्षको पहिलो महिनासम्ममा दुई सय ४५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ साउन मसान्तसम्ममा कुुल दुुई सय ४५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन् । यसमध्ये एक सय ७८ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ६७ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय २६ वटा कायम भएको छ । सोअनुुरुप २६ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६५ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले भने सात सय ५२ स्थानीय तहमा शाखा विस्तार गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पहिलो महिनाको विस्तृत प्रतिवेदन अनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या एउटा मात्र छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने ११ हजार पाँच सय ५५ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या पाँच हजार ३१, विकास बैंकहरुको एक हजार एक सय २०, फाइनान्स कम्पनीहरुको दुुई सय ६९ र लघुुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय ३५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसअघि अर्थात् २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या ११ हजार पाँच सय २८ रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिडियामा विज्ञापनको भुक्तानी दिन आयोगका कर्मचारीको बार्गेनिङ
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया