Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीमदत्तद्वारा कृषि प्रर्दशनीमा किसानलाई सम्मान

भीमदत्तद्वारा कृषि प्रर्दशनीमा किसानलाई सम्मान


महेन्द्रनगर, फागुन १८
भीमदत्त नगरपालिकाले १३औँ सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ को अवसरमा आयोजना गरेको कृषि प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । गत बिहीबार आयोजित किसानको प्रर्दशनी मेलामा विभिन्न नौवटा विधामा प्रतियोगिता आयोजना गरिएको भए पनि छवटा विधागत प्रतियोगितामा मात्र किसानको सहभागिता रहेको भीमदत्त नगरपालिकाका कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेयले बताए । नगरपालिकाले आयोजना गरेको विभिन्न विधागत प्रतियोगिमा सहभागीहरूमध्ये खाद्यान्न बाली समूहमा गहँु बालीका किसान भीमदत्त नगरपालिका १८ का देवकी भट्ट प्रथम भएकी छिन् । यस्तै द्वितीयमा भीनपा १६ बासु पन्त, तृतीयमा भीनपा १६ कै सावित्री पाण्डेय र सान्त्वनामा भीनपा १० का गगनसिंह साउँद भएका छन् । यस्तै आलुबाली समूहमा भीमदत्त नगरपालिका १० का महावीरसिंह साउँद प्रथम भएका छन् । यस्तै द्वितीयमा भीनपा ६ का हेमन्ती भट्ट, तृतीयमा भीनपा १४ का सन्तोष राना र सान्त्वनामा भीनपा २ का भानु चौधरी भएका छन् । विविध बालीअन्तर्गत तमातरबालीका भीमदत्त नगरपालिका २ का जयराम जोशी प्रथम भएका छन् ।

द्वितीयमा भीमदत्त नगरपालिका १६ का च्याउ किसान टेकबहादुर ओली भएका छन् भने तृतीयमा भीनपा १० का कुखुरा किसान इन्द्रसिंह ऐर भएका छन् । सान्त्वनामा भीनपा १८ का गड्यौला व्यवसायी देवीदत्त कलौनी भएका छन् । नगदेबालीअन्तर्गत भीमदत्त नपा १० का तरुल व्यवसायी प्रभाकर पन्त प्रथम भएका छन् यस्तै, द्वितीयमा भीमदत्त नपा ११ का तोरी किसान दिपक खड्का भएका छन् । तृतीयमा भीमदत्त नपा १४ का तोरी किसान ओमी राना र सान्त्वनामा भीमदत्त नपा ६ का तोरी व्यवसायी गोपालदत्त पन्त परेका छन् । फलफूल बाली विधाअन्तर्गत भीमदत्त नगरपालिका १ का अमला किसान बसन्ती कुवँर प्रथम भएकी छिन् । द्वितीयमा भीमदत्त १५ का कागती व्यवसायी कृष्णदेव भट्ट, तृतीयमा भीमदत्त १० का महावीरसिंह साउँद लिची भएका छन् । यस्तै सान्त्वनामा भीमदत्त नपा १० का मेवा किसान तुलादत्त जोशी भएका छन् ।तरकारीबालीअन्तर्गत भीमदत्त १० का तुलादत्त जोशी बन्दाको प्रर्दशनी गररेर प्रथम भएका छन् । यस्तै द्वितीयमा भीमदत्त १० का काउली किसान कौशा साउँद, तृतीयमा भीमदत्त १४ का केराउ किसान सन्तोष राना भएका छन् । सान्त्वनामा भीमदत्त १८ का मूला व्यवसायी देवीदत्त कलौनी भएका छन् । भीमदत्त नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीमा करिब २५ जना किसानहरूको सहभागिता रहेको थियो । नगरपालिकाका कृषि अधिकृत पाण्डेयका अनुसार सबै विधा समूहमा प्रथम हुनेलाई समान दुई हजार, द्वितीय हुनेलाई एक हजार पाँच सय, तृतीय हुनेलाई एक हजार र सान्त्वना हुनेलाई पाँच सय रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया