Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी डलर र युरो भित्र्याउने विरुद्ध मुद्दा

अमेरिकी डलर र युरो भित्र्याउने विरुद्ध मुद्दा


काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी मुलुकबाट अवैधरुपमा विदेशी मुद्रा ल्याएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार भारतीय नागरिक अंकुर घनश्याम भाइ पटेल, नवलपरासीका आन्दन प्रसाद कलवार, बेल्जियम नागरिक गैरआवासीय नागरिक सत्तमान पुनविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर गरिएको हो । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

वदेशी मुद्रा अपचलनको क्रममा तीन हजार छ सय अमेरिकी डलर, दुई हजार एक सय पाउण्ड स्टर्लिङ, ३० युरो, चार हजार चार सय ६५ युएई दिराम, चार हजार छ सय ५० केन्या सिलिङ्स अवैध मुद्रा ल्याउँदै गरेको अवस्थामा घनश्याम भाइ पक्राउ परेका थिए । उनी काठमाडौंबाट दुबई उड्नलागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनीविरुद्ध छ लाख ३५ हजार चार सय रुपैयाँ जरिवानासहित बरामद भएको सम्पूर्ण मुद्रा जफत गरी कारबाही मागसहित मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी दिपेश लेखकले जानकारी दिएका छन् ।

त्यस्तै, आनन्द प्रसादले भन्सार सो घोषणा गरेको रकमभन्दा बढी अमेरिकी डलर बोकेको आरोपमा विदेशी विनिमय अपचलन गरेको आरोपमा धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

त्यसैगरी, सत्तमान पुनले तोकिएभन्दा बढी विदेशी मुद्रा आठ हजार दुई सय ३० युरो बोकेको आरोपमा मुद्दा दायर गरिएको छ । पुनलाई चार लाख ३१ हजार आठ सय ९३ रुपैयाँ बिगो कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनी काठमाडौंबाट दोहा हुँदै बेल्जियमा जानलागेको समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । उनीहरु तीनै जनाविरुद्ध विदेशी विनिमय ऐन २०१९ अनुरुप कारबाही प्रक्रिया अघि बढाइएको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया