Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकालोबजारी नियन्त्रणको लागि सरकारको ध्यानाकर्षण

कालोबजारी नियन्त्रणको लागि सरकारको ध्यानाकर्षण


काठमाडौं । चाडपर्व भित्रिएसँगै कालोबजारी र महँगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायमार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघले कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहीन सेवा अखाद्य–विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने संवैधानिक अधिकार समेत हनन भएको भन्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याले महासंघले उठाएको माग जायज भएको भन्दै ज्ञापनपत्र प्रधामन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने जानकारी दिए । प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा विषादीयुक्त, म्याद गुर्जेका, गुणस्तरहीन खाद्य सामग्री तत्काल जफत गरी त्यस्ता व्यवसायीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । यस्तै महासंघको अनिवार्य प्रतिनिधित्वसहित अधिकारसम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउनसक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्न माग गरिएको छ । महासंघले अखाद्य मिसावटबाट बनेका खाद्य सामग्री नियन्त्रण गर र त्यस्ता उद्योगी र व्यवसायीलाई कडा कारबाही गर्न समेत आग्रह गरेको छ ।

यस्तै महासंघले कृषि क्षेत्रलगायत विभिन्न किसिमका अनुदान दिँदा गरिने झन्झटयुक्त प्रणाली खारेज गरी सम्बन्धित व्यक्ति वा समूहले लाभ लिनसक्ने अवस्थाको सिर्जना गर्न अदालतमा न्यायको लागि जाँदा लाग्ने अनावश्यक दस्तुर र असीमित समय नियन्त्रण गर्न आग्रह गरेको छ । महासंघले विभिन्न ३५ बुदाँको मागसहित सरकारको ध्यानषर्ण गराएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया