Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५३ अर्ब ४४ करोडबराबरको भारतीय रुपैयाँ खरिद

५३ अर्ब ४४ करोडबराबरको भारतीय रुपैयाँ खरिद


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो एक महिनाको अवधिमा कुल आठ खर्ब ६४ अर्ब नौ करोड तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रिपोमार्फत ४९ अर्ब ३८ करोड र स्थायी तरलता सुविधामार्फत आठ खर्ब १४ अर्ब ७१ करोड गरी कुल आठ खर्ब ६४ अर्ब नौ करोड रुपैयाँबराबरको तरलता प्रवाह गरिएको हो ।

चालू आवको पछिल्लो एक महिनामा विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट भने अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर पाँच करोड ९५ लाख खुद खरिद गरी सात अर्ब आठ करोड तरलता प्रवाह गरिएको थियो । यसैगरी चालू आवको पहिलो महिनामा अमेरिकी डलर ४२ करोड बिक्री गरी ५३ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी ५० अर्बबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

राष्ट्र बैंकका अनुसार सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ साउन मसान्तमा एक खर्ब १० अर्ब ४० करोड लगानीमा छ । २०७९ साउन मसान्तसम्ममा एक लाख ४७ हजार २३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई १३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार आठ सय ७९ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ४८ करोड कर्जा बक्यौता छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार तीन सय पाँच महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब ५२ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ३९ ऋणीको तीन अर्ब ६६ करोड कर्जा बक्यौता छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ साउन मसान्तसम्ममा ९७ करोड ४० लाख स्वीकृत भएको राष्ट्र बैंकको भनाइ छ । 

बिग मर्जरमा राष्ट्र बैंकलाई अर्को सफलता, एनसीसी र कुमारी बैंक मर्ज हुने
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंक पनि मर्ज हुने भएका छन् । दुवै बैंकले सोमबार काठमाडौंस्थित मेरियट होटलमा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कुमारी र एनसीसी बैंकबीचको मर्जर सम्झौता बिग मर्जरमा नेपाल राष्ट्र बैंकलाई अर्को सफलता प्राप्त भएको छ ।

Open photo

सम्झौतामा एनसीसी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक तथा सञ्चालक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक तथा सञ्चालक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । मर्जरको लागि दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एकको स्वाप रेसियो कायम भएको छ । यसैगरी मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् बैंकको कुल निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड निक्षेप पुग्नेछ भने कुल कर्जा रकम दुई खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको कुल निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड निक्षेप पुग्नेछ भने कुल रकम कर्जा दुई खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ । जगेडा कोषहरुमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने सहमति भएको छ । कुमारीका तर्फबाट रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहने सम्झौता भएको छ । यस्तै सञ्चालक समितिमा एनसीसीबाट चार जना र कुमारीबाट तीन जना सञ्चालक रहने पनि सम्झौतामा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया