Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने


काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरूले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरूले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए । जोखिममा परेका नागरिकहरूको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ थियो । यस्तै उनले मलेसियामा रहेका नेपाली संघ संस्थाहरूसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ–संस्थाहरूलाई परिचालन गर्ने योजना रहेको बताए ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लिखित श्रमिक अधिकारका विषयहरूको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । सो अवसरमा उनले मलेसियामा रहेका नेपालीहरूलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिट्यान्स पठाउन आग्रह गर्दै हुन्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने बताए । मुलुकको हितका लागि नेपाल–मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया