शिक्षामन्त्री पौडेलद्वारा सीपीएफमा हस्ताक्षर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपीएफ)मा हस्ताक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि सीपीएफमा हस्ताक्षर गरेका हुन् ।
अब नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएर्ईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ । साथै सोही अवसरमा शिक्षामन्त्री पौडेलले आईएईएको ६६औँ महासभालाई पनि सम्बोधन गरेका छन् ।
कार्यक्रममा उनले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि वा महासन्धिहरुको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए । साथै विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै उनले आणविक विज्ञान र प्रविधिलाई आईएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको उल्लेख गरे ।
यस्तै मन्त्री पौडेलले आरसीएको ५०औं वार्षिकोत्सवमा पनि सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा मन्त्री पौडेलले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आईएईए र आरसीएको सहयोग बहुमूल्य रहेको बताए । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजनाहरु र आरसीए परियोनाहरुमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
- राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
- कतारका अमिर शेखको स्वागतमा सांस्कृतिक भेषभूषामा नेपाली
- कतारका अमिरको भ्रमणमा श्रम सम्झौता नवीकरण एउटा मुद्दा, नेपाल के चाहन्छ ?
- मोटरसाइकल दुर्घटनामा धनुषाका पत्रकार यादवको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया